Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

डर्बी खेलमा सन्दीपको एक विकेट

काठमाडौं । अस्ट्रेलियन बिग बास लिगअन्तर्गत मेलबर्न रेनेगेड्सविरुद्धको डर्बी खेलमा नेपाली स्पिन स्टार सन्दीप लामिछानेको टोली मेलबर्न स्टार्सले जित हात पारेको छ । स्टार्सले रेनेगेर्ड्सविरुद्ध सात विकेटको जित निकालेको हो । अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारी पहिले ब्याटिङ गरेको रेनेगेड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४८ रनको योगफल तय गरेको थियो । स्टार्सले जवाफमा १७.५ ओभरमै मात्रै तीन विकेट गुमाएर जित निश्चित गरेको हो । टोलीको जितमा मार्कस स्टोइनिसले ४९ बलमा अविजित ७८ रन जोडे भने उनले दुई विकेट समेत लिए । आफ्नो पालीमा चार छक्का र चार चौका प्रहार गरेका उनी म्यान अफ दी म्याचसमेत चुनिए । टोलीका लागि सन्दीपले पनि एक विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले ३१ रन खर्चंदै एक विकेट लिएका हुन् । यससँगै उनले प्रतियोगितामा मेलबर्न स्टार्सबाट चौथो खेलपछि समग्रमा आठ विकेट पुर्‍याएका छन् । उनी यससँगै बिग बास लिगमा मेलबर्न स्टार्सको बाँकी खेल छाडेर बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश जानेछन् । यस क्रममा नेपाली राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)सँग एकदिवसीय र टीट्वेन्टी शृंखला खेल्ने तय भएकाले सन्दीप बीपीएल सिजन सकिनुअघि नै नेपाली टोलीमा समावेश हुनेछन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण यही जनवरी ८ बाट सुरु हुने भएको छ । नेपालले यूएईसँग पहिलोपटक एकदिवसीय र टीट्वेन्टी शृंखला खेल्न लागेको हो । गत वर्षमात्रै पहिलोपटक एकदिवसीय टोलीको मान्यता सुरक्षित गरेको नेपालका लागि आईसीसीबाट मान्यता प्राप्त यो दोस्रो एकदिवसीय शृंखला हुनेछ । दुबईमा हुने दुवै शृंखला तीन÷तीन खेलको हुनेछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy