Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

बलिउडमा स्टार विवाहको वर्ष

मुम्बई । बलिउड २०१८ स्टार विवाहको वर्ष बन्यो। दीपिका, प्रियंका, सोनम, नेहाजस्ता अभिनेत्रीले विवाह गरे। यिनीहरूको विवाह चर्चामा रह्यो। अभिनेता पुरव कोहलीले १७ फेब्रुअरीमा लुसी पेटनसँग गोवामा विवाह गरे। यस्तै अभिनेता मोहित मारवाहले अन्तरा मोतीवालासँग यूएईमा २० फेब्रुअरीमा विवाह गरे। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - दक्षिण भारतका स्टार श्रीया सरनले आफ्नो रसियन ब्वाइफ्रेन्ड आन्द्रेई कोसचिवसँग उदयपुरमा विवाह गरिन्। २२ अप्रिलमा अलिबागमा मिलिन्द सोमणले अंकिता कोबरसँग विवाह गरे। यस्तै अभिनेत्री पूजा वेलिङले केतन नाईलाई २५ अप्रिलमा मुम्बईमा अफ्नो जीवनसाथी बनाइन्। शिव पण्डितले अमिरासँग दिल्लीमा ७ मेमा विवाह गरिन्। अभिनेत्री सोनम कपुरले ब्वाइफ्रेन्ड आनन्द आहुजासँग मुम्बईमा ८ मेमा धूमधामसँग विवाह गरिन्। १० मेमा नयाँदिल्लीमा अभिनेत्री नेहा धुपियाले अभिनेता अंगद बेदीसँग गुपचुप विवाह गरिन्। ११ मेमा गायक, संगीतकार, अभिनेता हिमेश रेसमिया दोस्रो पटक बेहुला बने। उनले अभिनेत्री सोनिया कपरसँग मुम्बईमा विवाह गरेका हुन्। नो वन किल्ड जेसिका और रेडजस्ता फिल्मका निर्देशक राजकुमार गुप्ताले अभिनेत्री मायरा कर्णसँग २० जुनमा राँचीमा विवाह गरे। अभिनेत्री श्वेता त्रिपाठी र गायक चैतन्य शर्माले २९ जुनमा गोवामा विवाह गरे। मिथुन चक्रवर्तीका छोरा मिमोह चक्रवर्तीले अभिनेत्री मदालसा शर्मासँग १० जुलाईमा उटीमा सात फेरा लिए। १५ सेप्टेम्बरमा सुमित कौलले एकता कौलसँग जम्मुमा विवाह गरे। गायक तथा संगीतकार आर्को पार्वो मुखर्जीले गर्लफ्रेन्ड दीपिका सुदलाई २२ सेप्टेम्बरमा कोलकातामा पत्नी बनाए। १४ र १५ नोभेम्बरमा इटलीमा अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह एक भए। प्रियंका चोपडले २ डिसेम्बरमा जोधपुरमा निक जोनासलाई जीवनसाथी बनाइन्। कमेडियन कपिल शर्माले जालन्धरमा गिन्नी चतरथसँग १२ डिसेम्बरमा विवाह गरे। यस्तै अभिनेता हर्ष नागर र अभिनेत्री तनवी व्यासले १२ डिसेम्बरमा विवाह गरे। पुणेमा १३ डिसेम्बरमा अभिनेत्री श्वेताप्रसाद बसु र फिल्ममेकर रोहित मित्तलले विवाह गरे। फिल्म निर्माता दिनेश विजानले प्रमिता तम्बरलाई १३ डिसेम्बरमा मुम्बईमा जीवनसाथी बनाए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending