पौष १८ गते, २०७५ बुधवार 2nd January, 2019 Wed०८:०३:४२ मा प्रकाशित
भेडेटार । धनकुटा साँगुरीगढी ४ की ७५ वर्षीया सानीमाया लिम्बूले आकाशमा उडेका हवाईजहाज र हेलिकप्टर त धेरैपटक देखेकी थिइन् तर अहिलेसम्म त्यसमा चढेर आकाशबाट रमिता हेर्ने कल्पना भने गरेकी थिइनन्। यसपालि उनलाई हेलिकप्टर चढेर आफ्नै वरपरको गाउँघर हेर्ने अवसर जुर्यो। हेलिकप्टरबाट ओर्लिएपछि भनिन्, ‘माथिबाट धरान देखेँ, खेतहरू, जंगल देखेँ। रमाइलो हुँदोरहेछ।’
अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर - सानीमायाजस्तै धेरैले अहिले भेडेटारमा सिम्रिक एयर हेलिकप्टर चढेर आफ्नै गाउँठाउँ हेर्ने अवसर पाएका छन्। प्रदेश १ को प्रमुख पर्यटकीयस्थल भेडेटारमा सञ्चालन भइरहेको फुड फेस्टिभलका अवसरमा होटल एसोसिएसन अफ भेडेटार र सिम्रिक एयरको सहकार्यमा हेलिकप्टरको ‘फन प्लाइट’ भइरहेको छ। मंगलबार १६ पटक फन फ्लाइट भएको एसोसिएसनका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले बताए। उनले भने, ‘हेलिकप्टर फेस्टिभलको मुख्य आकर्षण हो। यसमा चढ्न धेरैले इच्छा देखाएका छन्। भोलि बिहानदेखि नै उडाइनेछ।’
हेलिकप्टर चढ्न धरान, इटहरी, विराटनगरका व्यापारी, व्यवसायीसमेत आएका छन्। टोली नै लिएर हेलिकप्टर चढ्न भेडेटार पुगेको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली भन्छन्, ‘हेलिकप्टर यात्राले भेडेटारको पर्यटन विकासमा सहयोग गरेको छ।’ सोमबार हेलिकप्टरबाटै पुष्पवृष्टि गरेर फेस्टिभलको उद्घाटन गरिएको थियो। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उद्घाटन कार्यक्रममा सरिक हुँदा सिम्रिक हेलिकप्टरले भेडेटारको एक फन्को मार्दै माथिबाट मञ्चमै सयपत्री फूलका थुँगा वर्षाएको थियो। त्यसपछि फन फ्लाइट सुरु भएको थियो।
तीन दिनसम्म चल्ने फेस्टिभलभर भेडेटार, धरान, राजारानी वरपरको आकाशमा छोटो उडान सञ्चालन हुनेछ। करिब पाँच मिनेटको उडानका लागि चार हजार नौ सय रुपैयाँ तिर्नुपर्छ। सिम्रिक एयरका क्याप्टेन राजेन्द्र दुवालका अनुसार यो रमाइलो उडानमा सहभागी हुनेहरू धरान, राजारानी र भेडेटारको पाथीभराको दृष्य देख्दा रमाउँछन्। दुवाल भन्छन्, ‘५÷६ मिनेटको यो फ्लाइटमा उड्नेले इन्ज्वाय गरिरहेका छन्।’
सिम्रिक एयरका बजार प्रबन्धक कमल गौतम फेस्टिभल सकिएपछि पनि उड्न इच्छुक भए छोटो प्लाइट पनि गरिने र २० गतेदेखि भेडेटारबाट ताप्लेजुङको पाथिभरा दर्शन गर्न जानेलाई उडाउने योजना रहेको बताउँछन्। ३० हजार रुपैयाँमा भेडेटारबाट पाथीभरा मन्दिर पुर्याउने, त्यहाँ पुजा गराउने र पुनः भेडेटारसम्म ल्याइने उनले बताए। उनले भने, ‘यो छोटो प्लाइटबाट यहाँ हेलिकप्टर चढ्न उत्साहित रहेको पायौं।’
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: