Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

मेक्सिको सिमानामा पर्खालका लागि बजेट नदिँदा अप्ठेरोमा ट्रम्प

वासिङटन । अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्र्याट पार्टीले सीमा पर्खालका लागि बजेट व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुनः अगाडि सारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन बजेट व्यवस्था गर्न माग गर्दै आएका छन् । अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - यसै विषयमा विवाद बढ्दै गएपछि अमेरिकाका संघीय कार्यालयहरूमा दैनिक कार्य सञ्चालन गर्न पनि रकम अभाव भएको छ । बजेट अभावमा सरकारी कार्यालय आंशिक बन्द भएको डेढ साता भइसक्यो । यसैबीच अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्र्याट पार्टीले पर्खालका लागि बजेट व्यवस्था नगरी बाँकी बजेट पारित गर्न खोजेको छ । डेमोक्र्याट सांसदले यो वर्ष सिनेट खुलेकै पहिलो दिन बन्द हटाउन मतदान गराउने योजनामा छन् । यसका लागि उनीहरूले बिहीवार प्रतिनिधिसभामा विधेयकमाथि छलफल गर्ने र मतदान गराउने तयारी गरेका छन् । ट्रम्पले भने अवैध प्रवासीलाई रोक्न बनाइने उक्त पर्खालका लागि बजेट छुट्याउनुपर्ने माग गर्दै आएका छन् । सरकारी कार्यालयको बजेट व्यवस्थाका लागि डेमोक्र्याट सिनेटरले सोमबार दुईवटा विधेयक अगाडि सारेका छन् । यो बजेट पारित भएमा हजारौं संघीय कर्मचारी काममा फर्कन पाउनेछन् । कंग्रेसको बहुमत सहितको नयाँ सत्र प्रारम्भ हुनासाथ उक्त बजेट पारित गर्ने योजना उनीहरूको छ । डेमोक्र्याट्सले हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत हासिल गरेयता पहिलो कार्यसूचीका रूपमा बजेट विधेयकको अनुमोदन रहेको छ । सीमा पर्खालको बजेट राष्ट्रपति ट्रम्पका लागि प्रतिष्ठाको विषय बनेको छ । उनले जसरी भए पनि पर्खाल बनाउन बजेट छुट्याउनुपर्ने बताउँदै आएका छन् । उनले भने, ‘बरु सरकारी कार्यालयहरू बन्द हुन्, पर्खाल निर्माणका लागि बजेट छुट्याउनुको विकल्प छैन । राष्ट्रिय सुरक्षा नै मेरो पहिलो प्राथमिकता हो ।’ अमेरिकी कंग्रेसका दुबै सदनमा केही वर्षदेखि बहुमतमा रहेको रिपब्लिकन पार्टीको प्रभाव खस्केको छ । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा गत नोभेम्बरमा भएको निर्वाचनमा रिपब्लिकन पार्टीले बहुमत गुमाएपछि राष्ट्रपति ट्रम्पका कैयौं महत्वाकांक्षी योजना र कार्यक्रम ओझेलमा पर्ने निश्चित छ । विपक्षीको विश्वास आर्जन नगर्दासम्म ट्रम्पका आगामी दिन कठिन देखिन्छन् । रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटले बजेट विधेयकलाई पारित गर्ने वा नगर्ने भन्ने बारेमा अन्योल कायमै छ । खासगरी रिपब्लिकन पार्टीभित्रै बजेटका बारेजमा मतैक्य हुन सकेको छैन । सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याकोनेलका प्रवक्ता डोनाल्ड स्टेवार्टले राष्ट्रपति ट्रम्पको समर्थन नभई सिनेट रिपब्लिकनले कुनै कार्यवाही नगर्ने बताए । ‘स्पष्ट छ, राष्ट्रपतिले हस्ताक्षर नगर्ने किसिमको कुनै पनि कुरा सिनेटले राष्ट्रपतिकहाँ पठाउनेछैन’, स्टेवार्टले भने । सांकेतिक नै भए पनि तल्लो सदनले विधेयक पारित गरेमा त्यसले राष्ट्रपतिमाथि थप दबाब सिर्जना गर्नेछ । यस्तै, ट्रम्प प्रशासनका अधिकारीहरूले गतिरोध अन्त्यका लागि राष्ट्रपतिले कुनै हतार नगरेको बताएका छन् । नाम बताउन नचाहने एक अधिकारीको भनाइमा राष्ट्रपति ट्रम्पको विश्वासमा सीमा पर्खालका बारेमा जनमत आफ्नो पक्षमा छ । ट्रम्पले सप्ताहान्तमा एकपछि अर्को ट्विटमा डेमोक्र्याट्सहरू वार्तामा आउनुको विकल्प नरहेको दाबी गरेका छन् । सोमबार ट्रम्पले ट्विट गर्दै भनेका छन्, ‘सिमेन्ट र गिट्टीको पर्खाल बनाउनुको विकल्प छैन । मैले पर्खाल बनाउने प्रस्ताव त्यागेको छैन । सीमा सुरक्षासँग सम्बन्धित केही विज्ञले वारपार देखिने किसिमको पर्खाल उपयुक्त हुने प्रस्ताव गरे पनि मेरो धारणा बलियो सिमेन्टको पर्खाल हो ।’ राष्ट्रपति ट्रम्पले सोमबार फक्स च्यानललाई दिएको अन्तर्वार्तामा भने, ‘म डेमोक्र्याट्ससँग मध्यस्थता गर्न तयार, इच्छुक र सक्षम छु । तर, मैले पर्खाल चाहिन्छ भन्नेमा जोड दिँदै आएको छु । हामीसँग बलियो सीमा सुरक्षा चाहिन्छ र सीमा सुरक्षामा पर्खालको ठूलो महत्व छ ।’ बजेट पारित नहुँदा अमेरिकी संघीय कार्यालयहरू डिसेम्बर २२ देखि आंशिक बन्द भएका हुन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending