Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा

काठमाडौं । सत्तारुढ नेकपाले वाइडबडी प्रकरणमा संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ल्याएको प्रतिवेदनमा समितिको अन्तिम निर्णय र त्यसपछि आउने प्रतिवेदन अध्ययनपछि मात्र आफनो धारणा सार्वजनिक गर्ने भएको छ। वाइडबडी अध्ययन अनुसन्धान गर्न गठित उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई समेत दोषी ठहर्‍याउँदै कारवाही सिफारस गरेको छ। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - ‘उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनका विषयमा पार्टीभित्र छलफल भएको छैन। औपचारिक धारणा बनेको छैन। उपसमितिले अहिले प्रतिवेदन समितिलाई बुझाएको छ। समितिले त्यसलाई कुन रुपमा लिएर अन्तिम निर्णय लिन्छ, हामी त्यसलाई हेरिरहेका छौं,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘संसदीय समितिले तथ्यगत भ्रष्टाचार भएको ठहर सहित निर्णय गर्छ भने हाम्रो पार्टीले संसदीय समितिको त्यस्तो प्रतिवेदनलाई गम्भीर रुपमा ग्रहण गर्छ। ’ पहिले प्रतिवेदनको सम्पूर्ण विवरण अध्ययन नगरी अहिले नै पार्टीले धारणा बनाउँदा हतार हुने पनि उनले बताए। भ्रष्टाचारको तथ्यगत आधार पुष्टि भए पार्टीले त्यसका निम्ति जे गर्नुपर्ने हो त्यही अनुसारको निर्णय लिने श्रेष्ठको भनाइ छ। कारवाही सिफारिस भएका पर्यटनमन्त्री अधिकारीले उपसमितिको प्रतिवेदनवाट आफू अचम्मित भएको बताएका छन्। उनले समय क्रममा तथ्य खुल्ने पनि बताए। अन्नपूर्णसँग संक्षिप्त कुरा गर्दै मन्त्री अधिकारीले भने, ‘प्रतिवेदन जुन ढंगले आएको छ, त्यसमा म अचम्मित छु। वाइडबडी खरिदमा मेरो कुनै संलग्नता छैन। एक दिन समय आएपछि यथार्थ स्पष्ट हुन्छ।’ प्रधानमन्त्री ओलीले वाइडबडी प्रकरणकै विषयमा पार्टी स्थायी समिति वैठकमा सरकारले छानबिन समिति गठन गर्ने बताएका थिए। वाइडबडी प्रकरणलाई प्रतिपक्षी दलले संसद्मा उठाएपछि तुरुन्तै छानविन समिति गठन गरेर अनुसन्धान थालिने प्रधानमन्त्रीको भनाइ थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending