Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

स्वास्थ्य संस्थामा सुत्केरी गराउने वृद्धि

भोजपुर । स्थानीयस्तरमा स्वास्थ्यसम्बन्धी विभिन्नखाले सेवाको विस्तार भएसँगै स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा वान हर्ट वल्ड वाइडले ग्रामीण अल्ट्रासाउण्ड मेसिन र तालीम दिएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हो । वान हर्ट वल्ड वाइडले सन् २०१६ को फेब्रुवरी महीनादेखि आमा र बच्चाको लागि सुरक्षा सञ्जाल नामक परियोजना सञ्चालन गरेपछि जिल्लाका आठ स्थानीय तहको ११ स्वास्थ्य संस्थालाई बोकेर हिँड्न मिल्नेखालको भिडियो एक्सरे मेसिन र तालीम दिइएको छ भने ३५ प्रसूति कक्षामा सहयोग पुर्याउँदै आएको छ । जिल्लाको आम्चोक गाउँपालिकालाई भने यस वर्षदेखि सो सेवा प्रदान गर्नका लागि मेसिन र तालीम सहयोग गरिने वान हर्ट वल्ड वाइड भोजपुरका जिल्ला संयोजक रबीन जोशीले बताए । घुम्ती शिविरमार्फत आम्चोक गाउँपालिकामा १११, पौवादुङमा गाउँपालिकामा २२, भोजपुर नगरपालिकाबाट ६३ जनाले भिडियो एक्सरे सेवा लिएका छन् । यो सेवा विस्तार भएपछि स्वास्थ्य संस्थामा गर्भवती जाँच र सुत्केरी हुने सङ्ख्यामा वृद्घि भइरहेको आम्चोक गाउँपालिकाका स्वास्थ्य संयोजक महिनारायण चौधरीले बताए । मातृ तथा नवजात शिशु स्वास्थ्य क्षेत्रमा काम गर्ने यस संस्थाले बर्थिङ सेन्टरमा आवश्यकता अनुसार औजार उपकरण सहयोग, आवश्यकताअनुसार मर्मत तथा सुदृढीकरणमा सहयोग, सेवा प्रदायकलाई विभिन्न किसिमको क्षमता अभिवृद्घि तालीम, जनचेतनासम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ । तालीम प्राप्त नर्सहरुले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गर्भवती महिलालाई पायक पर्ने स्थानमा गई भिडियो एक्सरे सेवा प्रदान गरी जटिलता पत्ता लगाई समयमै नजिकमा रहेको अस्पतालमा सिफारिश गरी आमा र शिशुको ज्यान बचाउने उद्देश्यका कार्यक्रम सञ्चालन गरिएको वान हर्टले जनाएको छ । टेम्केमैयुङ गाउँपालिकाले भने रु ८९ हजार २०० बजेट विनियोजन गरी गाउँपालिकाअन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यक्रम विस्तार गर्न लागेको स्वास्थ्य संयोजक दानप्रसाद राईले बताए । राईले भने, “यसभन्दा अगाडि कार्यक्रम अन्नपूर्ण र तिम्मा स्वास्थ्य संस्थाबाट मात्रै निःशुल्क थियो, अब छिनामख्खु, नागी, खावा, कोट, गोगने र लेर्खकबाट पनि प्रत्येक दुई÷दुई महीनामा एक पटक सेवा प्रदान गर्नका लागि काम गरिरहेका छौँ ।” गाउँपालिकाका गर्भवतीले आफ्नै घरदैलोमै सो सेवा पाएपछि खुशी व्यक्त गरेका छन् । “भिडियो एक्सरे सेवा लिन जिल्लामा रु ४०० दखि रु ८०० तिर्न बाध्य थियौँ, अहिले हामीले घरदैलोमै निःशुल्क सेवा पाएका छौँ’ नागीमा सेवा लिन आएकी किसन कुमारी राईले बताइन् । दिङ्लाबाट राहदानी वितरण शुरु इलाका प्रशासन कार्यालय दिङ्लाबाट राहदानी वितरणको शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । भोजपुर सदरमुकामसम्म आउनको लागि स्थानीयवासीलाई समस्या भएपछि दिङ्लाबाट नै सेवा दिन थालेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । राहदानी वितरण शुरु भएसँगै सो क्षेत्रका बासिन्दाले भोजपुर सदरमुकाम सम्म धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । दिङ्ला इलाकाबाट षडानन्द नगरपालिकाका १४ वडा र साल्पासिलिछो गाउँपालिकाका–६ गरी २० वडाका बासिन्दाले सेवा लिँदै आएका छन् । सेवा क्षेत्रको केन्द्र भागबाट नै राहदानी वितरणको काम शुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । स्थानीय मकर तामाङले भने, “भोजपुर सदरमुकामसम्म जाँदा दुई÷तीन दिनसम्म समय लाग्थ्यो, अहिले घर नजिकैबाट सेवा पाउँदा हामी एकदम खुशी भएका छौँ ।” राहदानीका लागि सदरमुकाम सम्म जानुपर्ने झन्झट हटेपछि समय र पैसा दुवैको बचत भएको तामाङको भनाइ छ । विसं २०५६ मा स्थापना भएको इलाका प्रशासनले नागरिकता वितरण, नाबालकको परिचयपत्र, आदिवासी, जनजाति, दलित समुदाय कागजात प्रमाणितसँगै राहदानी सिफारिश लगायतको काम गरिरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । इलाका प्रशासन कार्यालयले गत पुस १ गतेबाट वितरण शुरु गरेको हो । घुम्ती शिविरमा ८०० लाई सेवा पौवादुम्मा गाउँपालिकामा घुम्ती शिविरमार्फत ८०० बढीले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय भोजपुरको आयोजनामा भएको शिविरमार्फत ८३२ जनाले विभिन्न कार्यालयको सेवा एक साथ लिएका हुन् । शिविरमा १२७ जनालाई नागरिकता वितरण, १७९ जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण, आयुर्वेदअन्तर्गत ३४ जनालाई योग र ३७ जनालाई जडीबुटीसम्बन्धी तालीम, १२७ जनाको मतदाता नामावली दर्ता, घरेलु तथा साना उद्योगमार्फत तीन वटा उद्योग र ११ व्यवसाय दर्ता भएका छन् । त्यस्तै कृर्षी ज्ञान केन्द्रबाट ३१ जनाको बाली उपचार तथा निःशुल्क जैविक विषादी वितरण र ६० जनालाई प्राविधिक परामर्श, आठ जनालाई अपाङ्गता परिचयपत्रका लागि सिफारिश र २१५ जनालाई रुद्राक्षको बिरुवा वितरण गरिएको सहायक प्रमुख लिल्ला अधिकारी प्रयास भट्टराईले जानकारी दिए । गाउँमै सेवा पाएपछि स्थानीय पनि खुशी भएका छन् । शिविर पौवादुङमा गाउँपालिका–४ वास्तिम वडा नं ५ सानोदुम्मा र ६ ठुलोदुम्माको सहयोगमा सञ्चालन गरिएको हो । बुधबारबाट शुरु भएको शिविर बिहीबार सम्पन्न भएको हो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy