Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने :मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यता

काठमाडौँ पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुन्छ । श्रीयन्त्रको पूजा एवं दर्शन गर्नेले बालयन्त्रको पनि पूजा तथा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यतालाई जनसमक्ष प्रचार प्रसार गर्न कार्ययोजना ल्याउन लागिएको नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जानकारी दिए । पौष कृष्ण औँसीका अवसरमा श्री कान्तिभैरव वाग्मती गङ्गा सन्ध्या आरती व्यवस्थापन उपसमितिले शनिबार साँझ गोकर्णेश्वर उत्तरगया धाममा आयोजना गरेको वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा उनले पशुपतिनाथ–गोकर्णेश्वर–सुन्दरीमाई–श्वेतबाराही–कागेश्वरी–शालीनदी–नवतनधाम लगायत तीर्थस्थललाई जोडेर धार्मिक पर्यटन प्रवद्र्धनको कार्ययोजना ल्याउन कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकासँग समेत सहकार्य गरिने बताए । उपप्रमुख शान्ति नेपालले धार्मिक, सांस्कृतिक, पौराणिक र पुरातात्विक महत्वको गोकर्णेश्वर उत्तरगया पितृतीर्थधामलाई दिव्यधामका रुपमा विकास गर्न नागरिक समाजसँग सहकार्य गर्न लागिएको जानकारी दिएका छन् । कान्तिभैरव गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष प्राडा ऋषिराम पोखरेलले स्कन्द पुराणको हिमवत्खण्ड नेपाल माहात्म्यमा उल्लेख भएअनुसारको महत्व झल्काउन गोकर्णेश्वर उत्तरगया क्षेत्रको विकासका लागि बृहत् गुरुयोजना बनाएर काम गर्न माग गरे । विसं २०७४ को पौष कृष्ण औँसीका दिनदेखि शुरु भएको आरतीका गायक दीप थापा, गौरव श्रेष्ठ, भक्तबहादुर बुढाथोकी, आरतीकर्ता अविनाश भट्ट र गौरीशङ्कर भण्डारी लगायत आर्थिक सहयोग गर्ने सहयोग दातालाई नगरप्रमुख चालिसेले सो अवसरमा सम्मान गरेका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy