Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

मनाङमा एकै वर्ष १० करोडको स्याउ फल्यो

काठमाडाैं । यस वर्ष मनाङमा करिब १० करोडबराबरको स्याउ उत्पादन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) मनाङका अनुसार ४ गाउँपालिकाको ९८ हेक्टर क्षेत्रफलमा एकै वर्ष करिब १० करोडको स्याउ फलेको हो । मनाङमा २ सय ७ हेक्टर क्षेत्रफलमा व्यावसायिक स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) मनाङका प्राविधिक सहायक युवनकुमार सुनुवारले बताए । अाजकाे नयाँ पत्रिका  दैनिकमा खबर छ - मनाङको प्रमुख नगदेबाली स्याउ हो । मनाङ सदरमुकाम चामेसँगै ताचै, पिसाङ, भारताङ, थान्चोक, दानाक्यु, तिल्चे, हुम्डे, मनाङलगायतका दर्जनौँ स्थानमा ठूलो परिमाणमा स्याउ उत्पादन हुँदैआएको छ । यसवर्ष ९८ हेक्टर जमिनमा ९ सय ९० मेट्रिकटन स्याउ उत्पादन भएकामा मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङको एग्रो मनाङ प्रालिले मात्रै ४ सय मेट्रिक टन उत्पादन गरेको छ । स्याउका बिरुवा वितरण गर्न साढे दुई करोड मनाङमा गोल्डेन डेलिसियस, गाला, फुजी र रेड तथा रोयल डेलिसियस नामक स्याउ फल्छन् । मनाङमा उत्पादित स्याउ सामान्यतया प्रतिकिलो एक सयदेखि १ सय ८० रुपैयाँसम्ममा बिक्री हुने किसानहरूले बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) मनाङका प्रमुख कृषि अधिकृत सिलवालका अनुसार वर्णशंकर प्रजातिको स्याउलाई बढवा दिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवथापन इकाइ खुमलटारबाट मनाङमा २५ हजार बिरुवा वितरण गर्न दुई करोड ५० लाख बजेट स्वीकृत भएर आएको छ । अघिल्लो वर्षभन्दा ८० मेट्रिक टन बढी फल्यो अघिल्लो वर्ष मनाङमा ८९ हेक्टर क्षेत्रफलमा ९ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस्तै, आव ०७३/७४ मा ८७ हेक्टर क्षेत्रफलमा ८ सय २५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने आव ०७२/७३ मा ७८ हेक्टर क्षेत्रफलमा ६ सय ६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । मनाङमा उत्पादन हुने स्याउमध्ये २ सय ९० मेट्रिक टन जिल्लामा नै खपत हुन्छ भने बाँकी ७ सय मेट्रिक टन जिल्लाबाहिर निर्यात हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) मनाङका अधिकृत राजेश्वर सिलवालले बताए । उनका अनुसार मनाङका बासिन्दाले आफ्ना बारीमा उत्पादित स्याउलाई सुकुटी र घरेलु मदिराका रूपमा समेत प्रयोग गर्दै आएका छन् ।स्याउ जोनका कृषि अधिकृत सिलवाल भन्छन्, ‘मनाङको एकमात्र नगदेबालीका रूपमा लिइएको स्याउ यसअघि ढुवानीका कारण स्थानीयले खासै आम्दानी गर्न सकेका थिएनन्, तर अघिल्लो वर्षदेखि किसानहरूले बाहिरी जिल्लामा पनि स्याउ निर्यात गर्न थालेका छन् ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending