Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

दूरसञ्चार प्राधिकरणद्वारा सर्वोच्चमा भ्याकेट

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतले सिजी कम्युनिकेसन (सिजी टेलिकम)लाई मोबाइल सेवा सञ्चालन अनुमति दिन गरेको अन्तरिम आदेश खारेजीको माग गर्दैै भ्याकेट निवेदन दर्ता गराएको छ । दूरसञ्चार प्राधिकरणको तर्फबाट निमित्त कार्यालय प्रमुख पुरुषोत्तम भण्डारीले सिजी कम्युनिकेसनलाई विपक्षी बनाउँदै निवेदन दर्ता गरेका हुन् । सिजी कम्युनिकेसनको पक्षमा अदालतले एकपक्षीय सुनुवाइ गरी अन्तरिम आदेश दिएको तथा आफ्नो कुरा प्रस्तुत गर्ने मौका नपाएको भन्दै प्राधिकरणले गत १० पुसमा भएको अन्तरिम आदेश रद्द गर्न माग गरेको हो । अाजकाे नयाँ पत्रिका  दैनिकमा खबर छ - सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले विपक्षीका तर्फबाट कानुन व्यवसायीलाई बहस गर्ने मौका नदिई एकपक्षीय सुनुवाइबाट सिजी टेलिकमको पक्षमा अन्तरिम आदेश जारी गरेको दूरसञ्चार प्राधिकरणको जिकिर छ । दोस्रो पक्षलाई सुनुवाइको मौका नदिई एकपक्षीय सुुनुवाइ भएमा भ्याकेट निवेदन दिन पाइने कानुनी व्यवस्था छ । के छ काननी व्यवस्था ? सर्वोच्च अदालतको नियमावली ०४९ को नियम ४१ को १ को प्रतिबन्धात्मक वाक्यांशको खण्ड ३ मा एकपक्षीय सुनुवाइ भएमा, एकपक्षीय सुनुवाइ गरी अन्तरिम आदेश जारी भएमा वा कुनै कारणले अर्को पक्षले आफ्नो कुरा प्रस्तुत गर्ने मौका नपाएमा त्यस्तो अन्तरिम आदेश रद्द गर्ने निवेदन दिन पाउने व्यवस्था छ । सुमार्गीले बैंकबाट पैसा झिकेपछि सर्वोच्चद्वारा अन्तरिम आदेश खारेज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र आनन्दमोहन भट्टराईको इजलासले गत १० पुसमा मुक्तिश्री सिमेन्टको नाममा भएको अन्तरिम आदेश खारेज गरेको छ । सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले एकपक्षीय सुनुवाइ गर्दै मुक्तिश्री सिमेन्टको नाममा रहेको पैसा फुकुवा गर्न अल्पकालीन आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै अजयराज सुमार्गीको करिब ८४ करोड (७.५ मिलियन अमेरिकी डलर) रुपैयाँ फुकुवा भएको थियो । अदालतको आदेशसँगै मुक्तिश्री सिमेन्टका प्रमुख सुमार्गीले नेपाल इन्भेष्टमेन्ट बैंकबाट २१ पुसमा रोक्का भएको ८४ करोड रुपैयाँ निकालिसकेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy