Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली फर्काइए

बेइजिङ । भिसा अवधि सकिएपछि २ महिनादेखि चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली युवा मंगलबार नेपाल डिपोर्ट (फिर्ता) भएका छन् । आजको कान्तिपुर  दैनिकमा खबर छ - रेस्टुरेन्टमा काम गर्न भनेर छ महिनाअघि चीन आएका १४ युवा भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बसिरहेको भन्दै चिनियाँ प्रशासनले हिरासतमा राखेको थियो । एक जना भिसा अवधीसकेपछि फर्किए । एकजनालाई प्रहरीले थप अनुसन्धान गर्न भन्दै हिरासतमै राखेको छ भने एक जना पक्राउ परेकै बेला नेपाल फर्काइएको थियो । गत असारको तेस्रो सातमा दुई चरण गरी ती नेपाली युवा चीनको शाङहाईभन्दा केही दक्षिण चच्याङ प्रान्तको निङ्पोमा आएका थिए । २१ वर्षदेखि ३५ वर्षका नेपाली युवाहरूलाई राम्रो आम्दानी हुने भन्दै चिनियाँ र मलेसियनले खोलेको भारतीय परिकारको रेस्टुरेन्टमा काम गर्न भनी ल्याइएको थियो । आएकामध्ये एक महिनाको भिसा अवधि सकिनासाथ धादिङका अनिल धिताल नेपाल फर्किएका थिए । बाँकी १३ जना युवाहरूमा धनुषाका कृष्णबहादुर लामा र अभिन घिसिङ, दोलखाका दिनेशकुमार कार्की, सर्लाहीका रमेश परियार र दीपक कार्की, धादिङका सौगात धिताल, चितवनका अङ्कित परियार र विशाल परियार, काभ्रेका भीमबहादुर तामाङलगायत थिए । सौगातलाई पक्राउपछि गरिएको स्वास्थ्य परीक्षणमा अस्वस्थ देखिएकाले तत्कालै फिर्ता पठाएको थियो । कृष्णबहादुरलाई मानव तस्करीको आरोपमा थप अनुसन्धान गर्नका लागि हिरासतमै राखिएको छ । कृष्णबहादुर पहिले मलेसियामा स्याङकै रेस्टुरेन्टमा काम गर्ने । स्याङ खुले चिनियाँसँग मिलेर निङ्पोमा रेस्टुरेन्ट खोल्ने भन्दै कृष्णलाई नेपाली कामदार खोज्न नेपाल पठाएका थिए । स्याङले आफ्ना चिनियाँ साझेदार लिङ छीलाई लिएर गत जेठमा काठमाडौँ गए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy