Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

इन्डो-प्यासिफिकमा समर्थन खोज्दै जापान : नेपाल–जापान सीधा हवाइ उडान सुरु

काठमाडौं । जापानी विदेशमन्त्री तारो कोनोले नेपाल दक्षिण एसियाको राजधानी भएकोले यस क्षेत्रको राजनीतिक स्थायित्व, शान्ति र समृद्धिमा भूमिका खेल्नसक्ने बताएका छन्। भारतमा उच्चस्तरीय राजनीतिक भेटघाट सकेर बुधबार काठमाडौं ओर्लेका कोनोले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग दुईपक्षीय वार्ता गरे। चीन र भारतको बीचमा रहेको नेपालले यसक्षेत्रमा भूमिका खेल्नसक्ने अमेरिकी विश्वास र धारणालाई नै बल पुग्नेगरी जापानी मन्त्रीले पनि आफ्नो भनाइ राखे। उनी भारतीय प्रधानन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग इन्डो प्यासिफिक क्षेत्र र यसको रणनीतिबारे छलफल गरेर काठमाडौं आएका हुन्। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - मंगलबार सुरु भएको रायसेना डायलगमा समेत सहभागी भएका उनले परराष्ट्रमन्त्री ज्ञवालीसँग कूटनीतिक नोट साटेर नेपाल–जापान सीधा हवाइ सेवा आरम्भ समेत गरे। ज्ञवाली जापानको औपचारिक भ्रमण गरेको डेढ महिनापछि उनी नेपाल आएका हुन्। उनको यो भ्रमणलाई प्रधानमन्त्री केपी ओलीको जापान र जापानी समकक्षी सिन्जो आबेको नेपाल भ्रमणको तयारीका रूपमा हेरिएको छ। कूटनीतिक क्षेत्रका जानकारहरुले यो भ्रमणलाई निकै महत्वपूर्ण भ्रमण भनेका छन्। नेपालमा संविधान जारी भएपछि त्यसमा सहमति जनाउँदै नयाँ सरकारसँग सहकार्यको आयाम खोल्न भ्रमण गरिएको जापानी धारणा छ। छ वर्षपछि जापानी विदेशमन्त्रीले नेपाल भ्रमण गरेका हुन्। जापानले नेपाललाई महत्वपूर्ण भूपेरिवेष्ठित मुलुकको रुपमा व्याख्या गर्दै आएको छ। ‘नेपाल र भारतबीच बलियो आर्थिक र सांस्कृतिक सम्बन्ध छ भने चीनसँग मैत्री सम्बन्ध छ,’ जापानी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय सूचना विभाग निर्देशक नात्सुको साकाताले बुधबार साँझ सम्पादकहरुसँगको अन्तरक्रियामा भनिन्, ‘नयाँ सरकारसँग राजनीतिक र आर्थिक सम्बन्ध विस्तार गर्न यो भ्रमण भएको हो।’ लामो समयदेखि दुई देशका उच्च राजनीतिक तहमा भ्रमण आदानप्रदान र भेटवार्ता हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा भेटघाटले निरन्तरता पाउने अपेक्षा साकाता व्यक्त गरिन्। ‘जापानी विदेशमन्त्री कोनोको भ्रमणले नेपाल–जापान सम्बन्धमा नयाँ आयामको ढोका खोलेको छ,’ उनले भनिन। इन्डो प्यासिफिक क्षेत्रको सुरक्षाबारे भएको छलफलाई अझ उचाइ दिन भारत र जापानका रक्षामन्त्रीबीच छिट्टै वार्ता गर्ने सहमति भएको छ। कोनोले नेपालमा पनि यस क्षेत्रको शान्ति र सहकार्यमा जोड दिँदै इन्डो प्यासिफिक क्षेत्रको सहकार्यमा साथ खोजेका हुन्। इन्डो प्यासिफिक क्षेत्रमा अमेरिकाको साझेदारका रूपमा भारत, जापान र अस्ट्रेलिया रहेको जापानी विदेश मन्त्रालयका सहप्रवक्ता समेत रहेकी साकाताले स्वीकारिन्। ‘यो क्षेत्रको शान्ति तथा उत्तर कोरियाले सुरक्षा परिषद्को निर्णयलाई लत्याएको विषयमा पनि हामीले छलफल ग¥यौं,’ उनले भनिन्, ‘विश्व शान्तिका लागि सबै एकै स्थानमा आउनेगरी काम हुन आवश्यक छ। यसका लागि जापानले पनि सक्रिय भूमिका निर्वाह गर्छ। हामी यही इन्डो प्यासिफिक क्षेत्रका मुलुक हौं।’ उत्तर कोरिया र चीनबीच राम्रो सम्बन्ध छ। नेपालको चीनसँग मित्रता र उत्तर कोरियासँग कूटनीतिक सम्बन्ध छ। त्यसैले शान्तिको पहलमा सार्कको राजधानी नेपालको आफ्नै महत्व रहने उनले बताइन्। हरेक मुलुकको विकासको मोडल र सम्बन्ध आफ्नाआफ्नै हुने बताउँदै उनले भनिन, ‘हामीले विश्व परिवेश र दुईपक्षीय सम्बन्धको बारेमा नै कुरा गर्ने हो।’ चीनले अघि बढाएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा नेपालको सहकार्यलाई दुईपक्षीय मामिलाको संज्ञा दिँदै यसबारे कुनै धारणा दिइनन्। ‘सबैको आआफ्नो योजना हुन्छ। त्यो बुझ्ने सम्बन्धित मुलुकले नै हो। नेपालले यस्ता विषय सहजै बुझ्ने हाम्रो विश्वास छ।’ परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणमा पनि यिनै विषयमा छलफल भएको थियो। अमेरिकी गठबन्धनमा रहेको जापानले पनि यिनै विषयलाई जोड दिएको छ। मन्त्री कोनोसँग समग्र विषयमा छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए। जापानले कामदार लिने सूचीमा नेपाललाई राखेकोमा खुसी व्यक्त गर्दै त्यसको काम पनि अघि बढ्ने ज्ञवालीले बताए। जापानले विभिन्न १४ क्षेत्रका लागि १० देशबाट तीन लाख ३४ हजार कामदार आगामी ५ वर्षमा लिने निर्णय गरेको छ। यससम्बन्धमा चाँडै सहयोगपत्र आदानप्रदान हुने ज्ञवालीले बताए। ‘जापानको नयाँ अध्यागमन नीतिअनुसार नेपाली श्रमिक जापान पठाउने विषयमा छलफल भयो,’ ज्ञवालीले भने। जापानी सह–प्रवक्ता साकाताले पनि आगामी तीन महिनाभित्र यसमा उल्लेख्य प्रगति हुने बताइन्। सरकारी स्तरमा नै संयन्त्र बनाएर खुला रुपमा छनौट हुने विश्वास उनले व्यक्त गरिन्। नेपाल र जापानबीच दुईपक्षीय परामर्श बैठक आयोजना गर्ने सम्झौता भएको छ। जापानी विदेशमन्त्रीसँग नेपालले पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल, लगानीलगायतका दर्जनौँ विषयमा छलफल भएको बताइएको छ। नेपालले भूकम्पपछिको पुनर्निर्माणमा जापानको सहयोग बढाउन पनि आग्रह गरेको छ। कृषि क्षेत्रमा जापानले सहयोग निरन्तर गर्ने र विकासमा पनि सघाउने स्पष्ट पारेको छ। जापानी कृषिमन्त्री पनि नेपाल आउने र कृषि क्षेत्रको विकासमा थप सहकार्य अघि बढाउने सहमति भएको उनले साकाताले बताइन्। भूकम्पसम्बन्धी संग्रहालय बनाउने, २०३० सम्म नेपाल मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा जापानी सहयोग रहनेजस्ता विषयमा छलफल भएको मन्त्री ज्ञवालीले स्पष्ट पारे। लगानी सम्मेलनमा जापानले अधिकतम लगानीकर्ता पठाउने जस्ता विषय पनि उठेको थियो। जापानले बनाउने नागढुंगा–नौबिसे सुरुङमार्गमा राजनीतिक नेतृत्वमा देखिएको विचलनबारे पनि छलफल भएको एक सहभागीले जानकारी दिए। ठेक्का प्रक्रियामा देखिएको विवादलाई लिएर जापानले राजनीतिक तहमा नै चासो देखाएको थियो। पर्यटन वर्षलाई सफल बनाउन सहकार्य गर्ने पनि जापानले जनाएको छ। विदेशमन्त्री कोनोले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई भेट्ने छन्। त्यसपछि पाटन दरबार स्क्वायर घुमेर उनी फ्रान्स तर्फ लाग्नेछन्। फ्रान्समा जापानी रक्षामन्त्रीसहित दुईपक्षीय छलफल हुने कार्यक्रम छ। नेपाल–जापान सीधा हवाइ सेवा नेपाल र जापानबीच गत असार १४ मा पुनरावलोकन भएको हवाइ सम्झौता बुधबारदेखि लागू भएको छ। दुई परराष्ट्रमन्त्रीबीच कूटनीतिक नोट (सम्झौता) साटासाटपछि उक्त समझदारी लागू भएको हो। पहिले नै सम्झौता भएपनि मन्त्री आएको समयमा पुनः जोड दिन र सम्झौता अनुरुप कूटनीतिक नोट साटासाट गर्ने कार्यक्रम राखिएको थियो। २५ वर्ष पुरानो हवाइ सम्झौता पुनरावलोकन भएर लागू भएसँगै नेपाल–जापान सीधा हवाइ उडानको बाटो खुलेको छ। नेपाल र जापानबीच सन् १९९३ मा नै पहिलोपटक यस्तो सम्झौता भएको थियो। जापानको एक आन्तरिक विमानस्थलबाहेक अन्य सबैमा नेपाल एअरलाइन्सलाई उडानको लागि बाटो खुला भएको, जापानी विदेश मन्त्रालयको सहायक सचिव नात्सुको साकाताले जनाइन्। ‘अब नेपालले जापानको हानेदा बाहेक जुनसुकै अन्तराष्ट्रिय विमानस्थलमा सहज उडान गर्नसक्छ।’ पहिले नेपालले ओसाकामा मात्र उडान गर्न पाउने थियो। सम्झौताअनुसार नेपालले जापानमा दैनिक २ उडान गर्नसक्छ। जापान भएर अन्य मुलुक पनि जान पाउने व्यवस्था छ। नेपालको मागअनुरुप जापानले यो व्यवस्था गरिदिएको हो। तर अमेरिका चाहिँ त्यसरी जान पाउँदैन। पछिल्लो समय काठमाडौं जापान सीधा हवाइ सेवा छैन। यसअघि नेपाल एयरलाइन्सले चीनको सांघाईबाट ओसाकामा उडान गरेपनि जहाज अभाव कारण बन्द गरेको थियो। नेपालको ३९ मुलुकसँग हवाइ सम्झौता छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy