पौष २६ गते, २०७५ बिहिवार 10th January, 2019 Thu०६:५२:०१ मा प्रकाशित
बाजुरा । बाजुराको बुढीनन्दा–९ भोगीचौरकी अम्बा बोहोरालाई महिनावारी भएको २ दिन भएका थियो। अघिल्लो दिनदेखि उनको बास छाउगोठमै थियो। सोमबार राति जाडोले साह्रै सताएको थियो। त्यसैले मंगलबार उनी दुई कलिला छोरालाई लिएर सुत्न गइन्। जाडो भगाउन उनीहरुले आगो पनि बाले। तर, दुई छोरालाई दुईतिर च्यापेर सुतेकी अम्बाले फेरि उज्यालो देख्न पाइनन्। निसास्एिर अम्बा र उनका दुई छोराको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ।
अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - ३५ वर्षीया अम्बा बोहोरा, उनका छोराहरु नौ वर्षीय सुरेश र सात वर्षीय रमितको छाउगोठमा मृत्यु भएको प्रहरीले गरेको छ। सुरेश कक्षा ३ र रमित कक्षा एकमा पढ्थे। बुधबार बिहान घरसँगै जोडिएको छाउगोठमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
सासुले बिहान पाँच बजेतिर तीनै जनालाई मृत फेला पारेकी थिइन्। अम्बाका पति काशी बोहोरा भारतमा रोजगारी गर्छन्। घरमा सासु बिसु बोहरा र ससुरा कर्ण बोहरा बस्ने गरेको वडा अध्यक्ष खड्क बोहोराले बताए। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धवसिंह भाटले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए। मृतकको पोस्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको छ। घटनास्थल सदरमुकाम मार्तडी बाट ५ घण्टाको पैदल दूरीमा छ।
‘घटना हेर्दा निसास्सिएर मृत्यु भएको देखिन्छ,’ डीएसपी भाटले भने, ‘सोमबार राति छाउगोठमा सुत्दा अत्यधिक जाडो भएछ। अनि मंगलबार राति आगो बालेर कोठा न्यानो बनाएर सुतेछन्। कोठामा अक्सिजन अभाव भएर मत्यु भएको हुनसक्छ।’ गोठमा हावा छिर्ने ठाउँ नभएको जानकारी उनले दिए। पूर्ण रुपमा बन्द कोठामा आगो बाल्दा अक्सिजन सकिएर सुतेकै अवस्थामा मृत्यु हुनसक्ने चिकित्सक गणेश चौधरीले बताए।
आमा–छोराको मृत्यु भएको छाउगोठ।
डीएसपी भाटले मृतकका खुट्टामा जलेको घाउ देखिएको बताए। ‘उनीहरुले ओढेको कम्बल पनि अलिअलि जलेको छ, तीनै जनाको खुट्टा पनि अलिअलि जलेको छ,’ उनले भने। मौसम बदली भएसँगै पहाडमा हिमपात भएको छ। चिसो अत्यधिक बढेको छ। ‘आमा एक्लै सुत्दा जाडो हुन्छ भनेर बालबच्चा पनि उनीसँगै सुत्न छाउगोठमा गए,’ सासु–ससुराको भनाइ उद्धृत गर्दै वडा अध्यक्ष खड्क बोहराले भने। वडा अध्यक्ष बोहरा मृतक परिवारका नातेदार पनि हुन्।
बाजुरा जिल्लाका अधिकांश गाउँमा छाउपडी बार्ने प्रचलन छ। महिनावारीको बेला अविवाहितलाई ७ र विवाहितलाई कम्तीमा ५ दिन छाउगोठमा सुताउने गरिन्छ। यो कुप्रथा हटाउन अनेकौँ प्रयास भइरहेका छन्। तर त्यस्ता अभियान सफल हुन नसकेको वडा अध्यक्ष बोहोरा बताउँछन्। ‘गैससरकारी संस्था, स्थानीय तहले पनि छाउगोठको विरोध गरिरहेको छ। चेतनामूलक कार्यक्रमहरु चलिरहेका छन्,’ उनी भन्छन्, ‘हामी अनुगमनमा जाँदा सबैले घरभित्रै बस्छौं भन्छन्। तर, वास्तविकत फरक छ।’ वडा कार्यालयले अब भने सबै छाउगोठ भत्काउने बाचा पनि गरे। ‘अब हामी देखिएजति छाउगोठ भत्काउने अभियान सुरु गर्छौं,’ उनले भने।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: