पौष २७ गते, २०७५ शुक्रवार 11th January, 2019 Fri०६:५१:०६ मा प्रकाशित
कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्त श्रीमान् यज्ञराजबाटै कुटिएकी छिन् । डिएनए परीक्षणका लागि प्रहरीलाई रगत दिएको र सरकारी राहत लिन खोजेको भन्दै श्रीमान्ले कुटेको दुर्गाले बताइन् ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - ‘म भान्सामा भात पकाइरहेकी थिएँ । उनी (यज्ञराज) एक्कासि आएर मेरो घाँटी च्यापे । नसोधी रगत दिने ? राहत बुझ्न खोज्ने भन्दै कुटपिट गरे,’ दुर्गाले भनिन्, ‘घटना हुँदा दुवै छोरी स्कुल गएका थिए । भान्सामै लछारपछार गरेपछि म ज्यान जोगाउन उम्किएर बाहिर निस्किएँ ।’
निर्मलाको शवबाट निकालिएको भनिएको नमुना उनकै हो कि होइन यकिन गर्न दुर्गाले प्रहरीमा आफैँ निवेदन दिएकी थिइन् । बाबु–आमाको रगत परीक्षण गरेपछि नमुना निर्मलाको हो कि होइन भनेर प्रस्ट हुनेछ । सुरुमा प्रहरीले यज्ञराजसँग रगतको नमुना मागे पनि अस्वीकार गरेका थिए ।
दुर्गाले रगत दिएपछि उनी असन्तुष्ट बनेका थिए । यज्ञराजले अरूको इसारामा चलेको भन्दै कपाल भुत्ल्याउँदै आक्रमण गरेको दुर्गाले बताइन् । श्रीमान्ले खोसेको मोबाइल पछि प्रहरीले दुर्गालाई बुझाइदिएको थियो । निर्मलाका बुबा यज्ञराज र सौतेनी आमा लक्ष्मीले घरमा सल्लाह नै नगरी दुर्गाले अरूको उक्साहटमा रगत दिएको र राहत बुझ्न राजी भएको आरोप लगाएका छन् । राहत बुझे न्याय कमजोर हुने उनीहरूको तर्क छ । दुर्गाले भने न्याय पर्खिँदा–पर्खिँदा दुई छोरीमाथि पनि अन्याय हुने भएकाले उनीहरूको भविष्यका लागि राहत बुझ्न लागेको बताएकी छिन् ।
तीन तहका सरकारबाट जम्मा १८ लाख राहत घोषणा भएपछि यज्ञराजले आफ्नो पनि ऋण तिर्नुपर्ने तर्क अघि सारेका छन् । यही विषयले दुर्गा र यज्ञराज–लक्ष्मीबीच विवाद बढेको स्थानीय बताउँछन् । निर्मलाकी आमा दुर्गा दुई छोरी लिएर भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमा बस्छिन् । बुबा यज्ञराज भने कान्छी श्रीमतीसँग बेग्लै बस्छन् ।
राहत बुझे घरमै आत्महत्या गर्छु : यज्ञराज
दुर्गाले राहत बुझे घरमै आएर आत्महत्या गर्ने धम्की यज्ञराजले दिएका छन् । ‘मैले सुरुदेखि छोरी निर्मलाले न्याय पाएपछि मात्रै राहत बुझ्ने घोषणा गरेको थिएँ,’ यज्ञराजले भने, ‘अहिले अरूको उस्काहटमा लागेर राहत बुझ्ने, रगत दिने ? राहत बुझे यही घरमा आएर आत्महत्या गर्दिन्छु ।’ उनले दुर्गालाई कुटपिट नगरेको पनि बताए ।
श्रीमान् र सौताबाट मैले जिन्दगीभर पीडा खेप्नुपर्ने ? : दुर्गा
दुर्गाले भने आफूले जिन्दगीभर श्रीमान् र सौताबाट पीडा खेप्नुपरेको दुःखेसो पोखेकी छिन् । उनले भनिन्, ‘मैले दुई छोरीको भविष्य सोच्नुपर्दैन ? एउटी छोरीको न्यायका लागि लड्दालड्दै दुई छोरीको भविष्यको चिन्ताले मलाई सताउँछ । उनी (यज्ञ)बाट सहयोग होइन, पीडा मात्रै पाउँदै आएकी छु । मैले जिन्दगीभर श्रीमान् र सौताबाट पीडा खेप्नुपर्ने ?’
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: