Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबाट निमन्त्रणा प्राप्त भएको छ।

बुधबार राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा आएको जानकारी दिएका हुन्।

उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका हुन्।

‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ,’ बैठकमा सहसचिव ढकालले भने, ‘टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो।’

परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको पनि उनले जानकारी दिए। तर सम्मेलनमा नेपालबाट प्रधानमन्त्रीकै तहमा सहभागिता हुने वा अन्य तहको प्रतिनिधिमण्डल सहभागी हुने भन्नेबारे निर्णय भइनसकेको उनले बताए।

‘त्यो निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौँ। कुन लेभलबाट सहभागिता हुने भन्ने विषय हामीलाई जानकारी हुन बाँकी नै छ, हामी त्यसको प्रतीक्षामा छौँ,’ ढकालले भने।

जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको नेपालका लागि कोप सम्मेलन अन्तर्राष्ट्रिय समुदायसमक्ष आफ्ना जलवायुजन्य चुनौती र प्राथमिकता प्रस्तुत गर्ने महत्वपूर्ण मञ्चका रूपमा रहँदै आएको छ। हिमाली क्षेत्रको तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम, बाढीपहिरो तथा जलवायुजन्य विपद्का विषय नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको छ।

कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० गतेसम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ। प्रधानमन्त्री शाहको सहभागिता टुंगो लागेमा नेपालको जलवायु कूटनीतिका प्राथमिकता उच्च राजनीतिक तहमा प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फिफाको निलम्बनपछि नेपाली फुटबल ठप्प, फुकुवा गर्न संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदनले के देखायो ?

काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...

गृहमा १२९ कर्मचारी दरबन्दी थपिँदा सहसचिवको संख्या घट्यो

काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...

कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...

सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम

काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...

भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता, दुई जना घाइते

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...

कोशीका काङ्ग्रेस मन्त्रीले आज राजीनामा दिने

विराटनगर। कोशी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका छन्। केन्द्रमा नेपाल कम्युनिस्ट पार्टी (...

लुम्बिनी सरकार गठनमा मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले र नेकपाले नेकपा मसालसँग दुईबुँदे सहमति गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संय...

बैंककबाट १८ किलो गाँजा बोकेर काठमाडौं आएका दुई भारतीय पक्राउ

काठमाडौं । थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर...

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending