Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

‘ज्यानमारा’ छाउगोठ भत्काइयो

बाजुरा । बुढीनन्दा–९ अंगाउपानीको छाउगोठ स्थानीयले भत्काएका छन्। मंगलबार राति त्यही छाउगोठमा निसासिएर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोराको मृत्यु भएको थियो। अाजकाे अन्न्पुर्ण पाेष्ट दैिकमा खबर छ - ‘मृतकको परिवारकै सदस्य रहेका वडा अध्यक्ष खड्क बोहोरा र गाँउका महिलाहरूले शुक्रबार गोठ भत्काए’, स्थानीय रिउली बोहराले भनिन्, ‘त्यो गोठ १० परिवारका महिलाले प्रयोग गर्थे।’ गाँउका अरु तीन गोठ भने अहिले पनि जस्ताको तस्तै छन्। घरपरिवार र समाजको दबाबले गोठमै बस्नुपर्ने रिउलीले बताइन्। ‘मृतक अम्बा बोहोराका जेठा ससुरा झाँक्री भएकाले घरमा बस्न पाइँदैन’, उनले भनिन्, ‘अहिले गोठ त भत्काए, थाहा छैन यी मान्छेका मन कहिले भत्किने हुन् ? ’ देउता रिसाउँछन् भनेर पुरुषहरूले नै महिलालाई गोठमा जान बाध्य पार्ने उनले सुनाइन्। रिउलीले अबदेखि आफू भने जसले जे भनेपनि गोठमा नजाने र घरमै बस्ने बताइन्। ‘बाँकी गोठ पनि भत्काउनुपर्छ। अंगाउपानीका धेरै महिलाको दुःख परिवारका सदस्यले बुझ्दैनन्’, उनले भनिन्। तीन जनाको मृत्यु आँखाअगाडि देखि हजारी धामीले बस्ने गरेको छाउगोठ। तस्बिर : पदम सिंह स्थानीय सञ्जु बोहोराले गोठमै मृत्यु भइसक्दा पनि समाजमा चेतना नआएको स्वीकारिन्। भनिन्, ‘बाहिर सबैले कुरा ठिक्क गर्छन्, तर हरेकको घरमा छाउपडी कुप्रथा कायमै छ।’ बुढीनन्दा–९ लाई तीन वर्ष पहिले निकै तामझामसहित छाउपडी गोठमुक्त घोषणा गरिएको थियो। तर, अझै महिलाहरू गोठमा बस्दै आएको स्थानीय शिक्षक पुष्कर नेपालीले बताए। ‘गाँउका सबै अभियान कागजमा सीमित छन्, जिल्ला केन्द्रमा छाउगोठ मुक्त भनेर रिपोर्ट गएका छन्, तर गाँउमा यसरी गोठमै मृत्युवरण गर्नुपरेको छ,’ नेपालीले भने। कानुन कार्यन्वयन भएन छाउपडीलाई पहिलो पटक ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ले फौजदारी अपराध भनेको छ। छाउपडी बस्न बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था ऐनमा छ। तर अहिलेसम्म बाजुरामा छाउगोठमा राखेको भन्दै कसैलाई पनि कारबाही भएको छैन। बुढीनन्दा–९ मा मृत्यु भएको घटनाको पनि कतैबाट छानबिन भएको छैन। त्यही गाँउमा महिला भने अझै छाउगोठमा बसिरहेका छन्। ‘अब पनि छाउगोठ भत्काउन नमाने मुद्दा चलाउने तयारी गरेको छु,’ बाजुराका प्रहरी प्रमुख डीएसपी उद्धवसिंह भाटले भने। सर्वोच्च अदालतले २०६२ साल वैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा गरेको थियो। सरकारको निर्देशनपछि २०६४ सालमा छाउपडी उन्मुलनसम्बन्धी निर्देशिका २०६४ समेत जारी भयो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy