नारायण ढुङ्गाना । काठमाडौँ, १ माघ । मोटरसाइकलले भाडा लिएर यात्रु ओसार्छन् भन्दा तपार्इंलाई नौलो लाग्न सक्छ । तर काठमाडौँ उपत्यकामा मोटरसाइकलले यात्रु ओसार्ने क्रम यत्रतत्र रहेको पाइएको छ । विगत तीन वर्षदेखि शुरु भएको यो सेवा प्रहरीले भने बल्ल चाल पाएको छ । विभिन्न क्षेत्रबाट गुनासो आएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको निगरानी शुरु गरेको छ । शुरुमा हेल्लो सरकारमा मोटरसाइकले यात्रु ओसार–पसार गरिरहेकाले यसको वैधानिकता के छ भनेर गुनासो आयो । हेल्लो सरकराबाट महानगरीय ट्राफिक प्रहरी महाशाखामा आवश्यक छानबिनका लागि निर्देशन भयो । बुझ्दै जाँदा मोबाइल एप्समार्फत मोटरसाइकलको प्रयोग गरेर यात्रु ओसारेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए । नेपालमा भाडाका सवारीसाधन र ट्याक्सीले यात्रु ओसार्दै आएका छन् । यातायात व्यवस्था ऐनमा भएको प्रावधानमा टेकेर सरकारी अनुमतिमा यस्ता सवारीसाधनले निश्चित शुल्क लिएर यात्रु बोक्छन् । तपाईं हामीले पनि भाडाका गाडी प्रयोग गर्दै आएका छौँ । कुनै पनि सवारीले यात्रु बोक्नलाई यातायात व्यवस्था विभागमा दर्ता गर्नुपर्छ । तर यातायात व्यवस्था विभागमा मोटरसाइकलले यात्रु बोक्न पाउने भनेर दर्ता नभएको पाइएपछि गैरकानूनी काम भनेर कारवाही थालिएको प्रवक्ता सापकोटा बताउँछन्। “प्रहरीमा पनि गुनासो आउन थालेको छ, हामीले पाँच वटा मोटरसाइकललाई कारवाही गरेर अब प्रयोग नगर्ने सर्तमा छाडेका छौँ, कानूनी प्रक्रिया नपु¥याएसम्म यस्तो पेशा गर्न कसैलाई छुट छैन,” प्रवक्ता सापकोटाले भने । उहाँका अनुसार उनीहरुले ‘टुटल’ र ‘पठाओ’ नामको मोबाइल एप्लिकेसनमार्फत सम्पर्कमा आएका यात्रुलाई शुल्क लिएर एक ठाउँबाट अर्काे ठाउँमा पु¥याउने गरेका छन् । “राम्रै काम भए पनि अवैध रुपमा त गर्न पाइएन”, उहाँले भन्नुभयो, “यसका विषयमा थप अनुसन्धान भइरहेको छ ।” यसरी सेवा दिने मोटरसाइकल टुटलसँग एक हजार र ‘पठाओ’सँग एक हजार बाइक रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरु विभिन्न स्थानमा रहने भएकाले जुन ठाउँका यात्रुको माग आउँछ त्यही ठाउँको मोटरसाइकल प्रयोग हुन्छ । मोटरसाइकल भएका विद्यार्थी, चिकित्सक, वकील, विदेश गएर फर्किएका, विदेश जाने तयारीमा रहेका, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु यात्रु बोक्न सहभागी हुने गरेको अनुसन्धानबाट थाहाभएको प्रहरीले जनाएको छ । यसरी गर्छ ‘टुटल’ र ‘पठाओ’ले काम ‘टुटल’ र ‘पठाओ’को मोबाइल एप्लिकेसन बनेको छ । त्यही एप्लिकेसन डाउनलोड गरी ग्राहकहरु जोडिन सक्छन् । एप्लिकेसनमार्फत यात्रुले फलानो ठाउँबाट फलानो ठाउँमा जाने भनेर लेखेर पठाउँछन् । त्यसको जवाफ तुरुन्तै आउँछ । यति मुल्यमा यति लाग्छ भनेर रुट र नक्सासहित आउँछ । यात्रुले ‘ओके’ भनेपछि एकै छिनमा तोकेको ठाउँमा मोटरसाइकल आइपुग्छ । उनीहरुले न्यूनतम रु ३० रुपैयाँ र प्रतिकिलोमिटर रु १५ का दरले शुल्क लिने गरेका छन् । यो ट्याक्सीको मिटर प्रणाली जस्तै हो । तर यसमा भने ग्राहक आफैँले प्रविधिको प्रयोग गरी सेवा लिन सक्छन् । मुख्यगरी नाकाबन्दीका बेलामा सवारीको अभाव हुँदा यो प्रविधिको विकास भएको थियो । टुटलका एक जना सञ्चालक शिशिर भट्टले प्रविधि प्रदायक कम्पनी भएकाले आफूहरुले प्रविधिको विकास मात्रै गरेको बताए । उनले आफूहरु यातायात व्यवस्था विभागसँग सम्बन्धित नै नभएको उल्लेख गर्नुभयो । तर एप्समार्पmत प्रयोग हुने मोटरसाइकललाई प्रहरीले पक्राउ गरेपछि आफ्नो व्यवसाय पनि प्रभावित हुने भट्ट बताउँछन्। प्रहरीका अनुसार यो प्रविधिको प्रयोग गरेबापत ९७ प्रतिशत मोटरसाइकलवालाले र तीन प्रतिशत प्रविधि सञ्चालकले लिने गरेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: