Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

एकतिहाइ राष्ट्रसङ्घका कर्मचारी यौन दुर्व्यवहारको सिकार

संयुक्त राष्ट्रसङ्घमा काम गर्ने प्रत्येक तीनमध्ये एक कर्मचारीले गत दुई वर्षभित्र यौन दुर्व्यवहार भोगेको एक प्रतिवेदनले उजागर गरेको छ।नोभेम्बरमा गरिएको उक्त सर्वेक्षणमा ३०,३६४ कर्मचारी तथा ठेकेदारहरूले भाग लिएका थिए। उक्त सङ्ख्या सर्वेक्षणमा भाग लिन योग्य कुल सङ्ख्याको १७ प्रतिशत हो। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेजले प्रतिवेदन तथा त्यसमा सहभागी हुन चाहनेको थोरै सङ्ख्याले उक्त संस्थाभित्र अझै धेरै सुधार गर्न बाँकी रहेको देखाएको प्रतिक्रिया दिएका छन्। यौन दुर्व्यवहार तथा आक्रमणविरुद्ध संसारभरि मीटू अभियान चलिरहेका बेला उक्त सर्वेक्षण प्रतिवेदन आएको छ। सो सर्वेक्षणमा तुलनात्मक रूपमा थोरै सहभागी हुनुको अर्थ राष्ट्रसङ्घभित्र \'जारी अविश्वासको भावना, कुनै कारबाही नहुने आशङ्का तथा जवाफदेहीपनको अभाव\' रहेको उनले बताए। \'समानता, मर्यादा तथा मानव अधिकारको जगमा उभिएको हाम्रो जस्तो संस्थाले उदाहरण प्रस्तुत गरेर अगुवाइ गर्नुपर्छ,\' उनले भने। के भन्छ प्रतिवेदन  ? डेलोइटले तयार पारेको सो प्रतिवेदन अनुसार यौन दुर्व्यवहारको सिकार भएको बताउनेहरूमध्ये आधाभन्दा धेरैले त्यस्तो घटना कार्यालयकै वातावरणमा भएको बताए भने १७।१ प्रतिशतले चाहिँ कार्यालयसम्बन्धी सामाजिक समारोहमा भएको बताए। बीस प्रतिशतभन्दा धेरैले चाहिँ उनीहरूलाई अनुचित लाग्ने यौनसम्बन्धी कथा वा चुट्किला सुनाइएको बताए। अन्य १४।२ प्रतिशतले उनीहरूको पहिरन वा शरीर वा यौन क्रियाकलापबारे अनुचित टिप्पणी गरिएको बताए। तेह्र प्रतिशतले चाहिँ उनीहरूलाई असहज लाग्ने गरि यौनसम्बन्धी कुराकानीमा सहभागी गराइएको बताए। दश प्रतिशत सहभागीले आफूहरूलाई यौनिक सङ्केत गरिएको जसले लाज अनुभव गराएको बताए। त्यत्तिकै सङ्ख्यामा सहभागीले अनुचित स्पर्श गरिएको जनाए। दुर्व्यवहार गर्नेहरूमध्ये दुईतिहाइ पुरुष भएको उल्लेख गरिएको छ। अनि दुर्व्यवहार भोग्नेमध्ये केवल एकतिहाइले त्यसपछि कुनै कारबाहीका लागि प्रयत्न गरे। शान्तिसेनाबारे आरोप गत केही वर्ष यता राष्ट्रसङ्घको खासगरी अफ्रिकी मुलुकहरूमा रहेका शान्तिसेनाका मिसनहरूविरुद्ध यौन दुर्व्यवहारका शृङ्खलाबद्ध आरोप लागेका छन्। सन् २०१७ मा डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा एक शान्तिसैनिकले कम उमेरकी किशोरीसँग सम्बन्ध राखेर बच्चा जन्मिएको भेटिएपछि उनलाई निलम्बन गरिएको थियो। उक्त वर्षको पहिलो तीन महिनामा यौन दुर्व्यवहार र शोषणको आरोप लागेका पाँच शान्तिसैनिकमध्ये उनी एक थिए। त्यो भन्दा अघिल्लो वर्ष सन् २०१६ मा एक सयभन्दा धेरै शान्ति सैनिकलाई सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट घर फर्काइएको थियो। उनीहरूविरुद्ध यौनशोषणका आरोप लागेका थिए। यी घटनाका प्रतिक्रियास्वरूप संयुक्त राष्ट्रसङ्घले पारदर्शिता एवम् आरोपहरूबारे उसले चाल्ने कदमलाई सशक्त पार्ने प्रयास गरेको छ। उदाहरणका लागि दुर्व्यवहारका आरोप लागेका कर्मचारीको देशको नाम सार्वजनिक गरिदिने नीति उसले अख्तियार गरेको छ। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies