Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

कुशे औंसी : पितृ सम्मान र कुश भित्र्याउने परम्परा

खबरडबली संवाददाता

काठमाडौं । आज वैदिक सनातन धर्मावलम्बीहरूले कुशे औंसी पर्व मनाउँदैछन्। भाद्र कृष्ण औंसीका दिन मनाइने यस पर्वमा घर–घरमा पवित्र कुश भित्र्याएर वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्ने धार्मिक परम्परा छ।

धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार आज उखेलेको कुश वर्षभर प्रयोग गर्न सकिन्छ भने अन्य दिन उखेलेको कुश सो दिनमै मात्र प्रयोग गर्न मिल्छ। ब्राह्मणद्वारा पूजा गरेर ल्याइने कुश घरमा राख्दा परिवारको कल्याण हुने विश्वास छ।

सनातन धर्ममा कुश, तुलसी, पीपल र शालिग्रामलाई विष्णुको प्रतीक मानिन्छ। पुराणमा सृष्टिकर्ता ब्रह्माले विवेकशील प्राणी र कुशलाई एकसाथ उत्पन्न गरेको उल्लेख पाइन्छ।

पितृको सम्मान र ‘गोकर्णे औंसी’

यस दिन छोराछोरीहरूले आफ्ना बाबुलाई मनपर्ने खाना खुवाएर सम्मान प्रकट गर्ने गर्छन्। बाबु दिवङ्गत भएकाहरू भने गोकर्णेश्वर, बेत्रावती जस्ता तीर्थमा गई तर्पण, पिण्डदान र सिदादान गर्छन्।

काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा आज विशेष मेला लाग्ने भएकाले यस औंसीलाई गोकर्णे औंसी पनि भनिन्छ। रसुवा–नुवाकोटको संगमस्थल बेत्रावतीमा पनि हजारौँ भक्तजन तर्पण र दान गर्न पुग्ने गर्छन्।

धर्मग्रन्थ बुद्धोक्त पाराजिकाय अनुसार यस दिन बाबुलाई आदरपूर्वक भोजन खुवाएमा अथवा दिवङ्गत पिताको नाममा श्राद्ध गरेमा कुल स्थिर भई पुण्य प्राप्त हुन्छ। यस दिन गरिएको दानले हजारौँ गुणा फल दिने विश्वास छ, तर दान सधैं सुपात्रलाई दिनुपर्ने शास्त्रीय भनाइ छ।

मोती जयन्ती पनि आजै

यसै दिन नेपाली साहित्यका उज्ज्वल हस्ती युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती मनाइँदैछ। वि.सं. १९२३ सालमा जन्मिएका भट्ट वि.सं. १९५३ सालमा यही दिन मात्र ३० वर्षको उमेरमा दिवङ्गत भए।

मोतीराम भट्टले नेपाली साहित्यमा शृङ्गार रसको परम्परा स्थापित गरेका थिए। उनले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याए र नेपालमा पहिलो छापाखाना भित्र्याए, जसलाई नेपाली पत्रकारिताको सुरुआत मानिन्छ।

आजको दिन साहित्यिक संस्था, प्रज्ञा प्रतिष्ठान र शिक्षण संस्थाहरूले उनको योगदानलाई स्मरण गर्दै विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा नेकपाको शक्ति–परीक्षण, प्रचण्ड, वामदेवदेखि वर्षमानसम्म मैदानमा

पुराना प्रभावशाली नेता मैदान बाहीर

कृषि उत्पादक मूल्य उकालोमा, अण्डा र मकैको भाउले सूचकाङ्क ताने

काठमाडौं । नेपालमा कृषि उत्पादनको मूल्य क्रमशः बढ्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूच...

रास्वपाको टिकट युद्ध अन्तिम चरणमा, बालेनदेखि रविसम्म—कसले कहाँबाट भिड्ने ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको छ । पार्टीभित्र...

कोटा कागजमै थन्कियो, भान्सामा महँगी छरियो

सरकार–उद्योगीको तानातानमा गहुँ, उपभोक्ता सिधै मारमा

कोशीका ९ क्षेत्रमा काे काे भए नेकपाका उम्मेदवार

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाए...

प्रचण्डको गृहप्रदेशमै टिकट संकट: कर्णालीका ५ क्षेत्रमा अझै अड्कियो नेकपा

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्र...

प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी ग...

पिस्कर : सम्झनाले पोल्ने रात, प्रतिरोधले उज्यालो बनाएको बिहान

माघे संक्रान्ति आउँदा धेरैलाई तातो घाम, चाकु–तिलको मिठास र रमाइलो सम्झना आउँछ।तर मेरो स्मृतिमा माघे संक्रान्ति आउँदा पिस्कर आउँछ । डरले थरथराएको गाउँ,...

धरानमा हर्क साम्पाङविरुद्ध ‘भाइरल वडाअध्यक्ष’ मैदानमा, नेकपाबाट मनोज भट्टराई उम्मेदवार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरी–१ मा चुनावी प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ल...

नेकपाले अघि सार्याे सर्लाही-३ मा नारायणकाजीलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ आगामी निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। राष्ट्रियसभामा कार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending