गाजा । इजरायलका रक्षामन्त्री इजरायल काट्जले शुक्रबार हमासले इजरायलको सर्त स्वीकार नगरे गाजा सहर पूर्णरूपमा नष्ट हुन सक्ने चेतावनी दिनु भएको छ । उनका अनुसार देशले यस क्षेत्रमा थप ठूलो आक्रमणको तयारी गरिरहेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा सहर कब्जा गर्न सेनालाई ठूलो कारबाहीको अनुमति दिएको भोलि पल्ट, रक्षामन्त्री काट्जले गाजाको सबैभन्दा ठूलो सहर पनि ‘रफाह र बेत हानुन’ जस्तै भग्नावशेष बन्न सक्ने चेतावनी दिए । यी दुवै स्थान युद्धको सुरुमा नै ध्वस्त भएका थिए । “हमासका हत्यारा र बलात्कारीले युद्ध अन्त्यका लागि इजरायलका सर्त स्वीकार नगरेसम्म गाजामा उनीहरूको टाउकोमा नरकको ढोका चाँडै खुल्ने छ”, काट्जले एक्समा लेखे ।
उनले युद्ध विरामका लागि इजरायलले राखेको माग सबै बन्धकको रिहाइ र हमासको पूर्ण निः शस्त्रीकरणलाई दोहोर्याए । तर हमासले भने बन्धकलाई युद्ध अन्त्यको सर्तमा मात्र छोड्ने जनाएको छ र प्यालेस्टिनी राज्य गठन बिनै निःशस्त्रीकरण अस्वीकार गरेको छ । गाजा सहरमा ठूलो स्तरको अपरेसन केही दिनमै सुरु हुन सक्ने अनुमान छ ।
गाजा सहर हमासको प्रमुख सैन्य र प्रशासनिक गढ मानिन्छ । यहाँ इजरायलको विश्वास अनुसार व्यापक भूमिगत टनेल नेटवर्क छ । यस क्षेत्रमा अझै पनि लाखौँ नागरिक बसोबास गर्छन् र केही महत्वपूर्ण पूर्वाधार तथा स्वास्थ्य सुविधा बाँकी छन् । हमासले यसै हप्ता अरब मध्यस्थकर्ताको युद्ध विराम प्रस्ताव मान्ने जनाएको थियो ।
यदि इजरायलले उक्त प्रस्ताव स्वीकृत गर्यो भने आक्रमण रोक्न सक्ने सम्भावना छ । तर पक्षहरूले प्रत्यक्ष वार्ता नगरेका कारण यस्ता घोषणा अघिल्ला पटक जस्तै असफल हुने आशङ्का पनि छ । प्रस्तावले बन्धक-कैदी आदान प्रदान, इजरायली सेनाको चरण बद्ध फिर्ता र दीर्घकालीन युद्ध विरामका लागि निरन्तर वार्ता गर्ने योजना समावेश गरेको छ ।
तर यसअघि नेतान्याहुको गठबन्धनभित्रै विभाजन र दक्षिाणपन्थी कडा दबाबका कारण त्यस्तै सम्झौता असफल भएको थियो । सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वका लडाकूले गरेको आक्रमणपछि अझै जीवित रहेका करिब २० जना बन्धकलाई यस पटकको आक्रमणले खतरा बढाउने इजरायलीको डर छ ।
सहायता संस्था र अन्तर्राष्ट्रिय नेताले गाजाको मानवीय सङ्कट अझ गहिरिन सक्ने चेतावनी दिएका छन् । निकासी गर्ने नागरिकको व्यवस्थापन अत्यन्त कठिन हुने अपेक्षा गरिएको छ । गाजामा कतै पनि सुरक्षित नभएकाले धेरै बासिन्दाले बारम्बार विस्थापन व्यर्थ भएको बताएका छन् । चिकित्सा समूहले बिरामीलाई आवश्यक सुविधान नभएको दक्षिणतर्फ सार्ने इजरायलको आग्रह व्यवहारमा असम्भव भएको भन्दै चेतावनी दिएका छन् ।
तर नेतान्याहुले यो आक्रमण नै बन्धकलाई मुक्त गर्ने र हमासलाई कमजोर पार्ने एक मात्र निश्चित उपाय भएको तर्क गरेका छन् । “यी दुई कुरा-हमासलाई पराजित गर्नु र हाम्रा सबै बन्धकलाई मुक्त गर्नु-सँगै अघि बढ्छन्”, नेतान्याहुले बिहीबार दक्षिणी इजरायल नजिकैको कमान्ड सेन्टर भ्रमणका क्रममा भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: