Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

पुस्तक पढ्नु असल मान्छेको सङ्गत गर्नु जस्तै हो -कैदीलाई पुस्तक उपहार

हुम्ला । कारागारलाई पुस्तकालय अभियानअन्तर्गत हुम्लामा रहेका कैदीबन्दीलाई अध्ययनका लागि पहिलोपटक पुस्तक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । मानसरोवर क्याम्पसका प्रमुख वसन्त रोकायाले आफूसँग भएका २७ थान विभिन्न पुस्तक बिहीबार जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन् । कर्णाली प्रदेशले जिल्लाका सबै कारगारका कैदीबन्दीलाई मध्यनजर गर्दै पुस्तकालय स्थापना अभियान शुरु गरेपछि हुम्ला कारागारमा पहिलो पटक पुस्तक हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिहर खड्काले बताए । क्याम्पस प्रमुख रोकायाले कारागारमा पुस्तकालयको सुविधा हुँदा पुस्तक पढेर कैदीले आफ्नो जीवन र सोच बदल्न सक्ने भएकाले पुस्तक हस्तान्तरण गरेको बताए। “पुस्तक सानो हो तर यसले संसार चिनाउँछ, पुस्तक पढ्नु असल मान्छेको सङ्गत गर्नु जस्तै हो, पुस्तकले सकारात्मक सोचका साथ राम्रो छाप छोड्नसक्छ”, रोकायाले भने । हस्तान्तरण गरिएका पुस्तकहरू जीवनी, साहित्यिक, कथा, दर्शन, विचारसँग सम्बन्धित छन् । रोकायाले आफूले नै लेखेका १४ पुस्तक पनि हस्तान्तरण गरेका छन् । आफूले लेखेका कथासङ्ग्रह, उपन्यास, नाटक, कविता, जीवनी पुस्तक हस्तान्तरण गरिएको छ । कारागारमा पुस्तकालय अभियान उपसमिति गठन भएको एक हप्ता नपुग्दै पुस्तक प्राप्त भएको छ । प्राप्त पुस्तक पढ्ने कैदीले यस्तो सहयोगलाई कहिल्यै बिर्सन नसक्ने भन्दै कार्यालयका प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले यस्तो सहयोगलाई आफूले सकारात्मकरूपमा लिएको बताए । कैदीबन्दीलाई एउटा पुस्तक पढेर सकिएपछि अर्को पुस्तक पढ्न दिइने प्रहरी प्रमुख श्रेष्ठले बताए । आउँदा दिनमा अन्य व्यक्तिबाट पनि ज्ञानवद्र्धक पुस्तक प्राप्त हुने अपेक्षा गरिएको उनको भनाइ थियो । घरमै पुगेर सामाजिक सुरक्षा भत्ता जिल्लाको खार्पुनाथ गाउँपालिका–५ ले स्थानीयलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । जनतालाई गाउँ घरमा सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले सेवाग्राहीको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । निर्धारित समयभन्दा ढिलो भए पनि सामाजिक सुरक्षा भत्ता पाउने सबै सेवाग्रहीलाई घरमै पुगेर हातहातमा वितरण गरिएको गाउँपालिकाका नायव सुब्बा कृष्ण रोकायाले बताए । वडा नं ५ का ५५१ सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वापतको चौमासिक भत्ता वितरण गरिएको उनले जानकारी दिए । वडाध्यक्ष भीमराज शाहीले आफैँ घरघरमा पुगेर भत्ता वितरण गरेका हुन् । सत्तरी वर्षभन्दा माथिका ८०, २६४ बालबालिका र ६० वर्षमाथिका २०७ सेवाग्राहीलाई भत्ता वितरण गर्न रु १८ लाख ५० हजार बजेट खर्च भएको रोकायाले जानकारी दिए । सामाजिक सुरक्षा भत्तावापत हाल ज्येष्ठ नागरिकले मासिक चार हजार, ६० वर्षमाथिका नागरिकलाई मासिक रु दुई हजार र पाँच वर्षमुनिका बालबालिकालाई बाल अनुदान मासिक ४०० रकम वितरण गरिएको छ । खानेपानी पुग्दा गाउँमा पूजाआजा हुम्लाकोे सर्केगाड गाउँपालिका–४ खानेपानीको योजना निर्माण भई धाराबाट पानी खसेपछि स्थानीयले धारामा पूजाआजा गरेका छन् । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका वडा नं ४ को मुण्डी गाउँका स्थानीय बासिन्दाले खानेपानीको समस्या समाधान भएपछि खुशियाली मनाएका हुन् । गाउँमा यसअघि खानेपानीको स्थायी समाधान नहुँदा मुण्डीवासीले समस्या भोग्दै आएका थिए । अहिले स्थायीरूपमा समाधान भएको स्थानीय जसबहादुर थापाले बताए । वडा नं ४ मुण्डी गाउँमा नौ वटा धारा जडान भएपछि सबैलाई खानेपानीको सहज आपूर्ति भएको छ । यसअघि अधुरा र पानीको स्रोत कम भएका योजना निर्माण भएकाले स्थानीय बासिन्दाले खानेपानीको समस्या झेल्दै आएका थिए । “अब समस्याको स्थायी समाधान भएको छ तर स्थानीयले यसको हेरविचार गर्नुका साथै मर्मत संभारमा ध्यान दिनुपर्नेछ”, उनले भने। खानेपानीबाट ५४ घरधुरीका ३११ जना प्रत्यक्ष लाभाविन्त भएको खानेपानी योजनाका लागि आर्थिक सहयोग गर्ने ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले बताए । गत चैत महीनामा स्थानीय उभोक्ता समिति गठन गरेर वैशाख महीनादेखि निर्माण कार्य शुरु भई निधारित समयभन्दा अगाडि नै सम्पन्न भएको सल्लाहकार थापाले बताए । तीन किलोमिटर टाढाको पताले मूलबाट पाइपलाइनबाट पानी ल्याएर मुण्डी गाउँमा नौ र विद्यालयमा एक गरी दश वटा बालमैत्री धारा निर्माण गरिएको छ । कूल रु ४४ लाख ७७ हजार २०१ लागतको सो योजनामा २५ प्रतिशत स्थानीयको जनश्रमदान र बाँकी सबै आयोजनाले बेहोरेको उनले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy