Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

पाइपलाइन विस्फोटमा परि मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो

मेक्सिको सिटी। मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार विस्फोट भएको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ६६ पुगेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । घटनास्थलबाट ट्वीटमा उक्त राज्यका प्रशासन प्रमुख ओमार फायदले भने, “पाइपलाइन विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ भने ७६ जना गम्भीर रूपमा घाइते भएका छन् ।” यस अघि प्राप्त जानकारीमा मेक्सिकोको हिडाल्गो राज्यमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २१ रहेको र ७१ जना घाइते भएको बताइएको थियो । स्थानीय जनताको सहयोगमा स्थानीय प्रशासनले उद्धार कार्य जारी राखेको उनले बताए । स्थानीय समय अनुसार बिहीबार बेलुका ७ः०० बजेतिर ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल जम्मा गर्ने क्रममा भएको विस्फोटमा परी उनीहरूको मृत्यु भएको बताइएको छ । श्रव्य दृश्यमा तेल केही मिटर माथिसम्म हावामा फोहराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेका समय आगलागी हुँदा पाइपलाई विस्फोट भएको थियो । अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मानुयल लोपेज ओब्राडरले घटनाप्रति दुःख व्यक्तगरेका छन् । “सानो गल्तीबाट भएको ठूलो क्षतिप्रति पश्चाताप गर्नुको विकल्प रहँदैन ।” उनले आगो नियन्त्रणका लागि तत्काल उद्धार टोली पठाउन पनि आफ्नो ट्वीटरमार्फत निर्देशन दिएका छन्। सरकारले घटनामा घाइते भएका सबैलाई सम्भावित उपचार उपलब्ध गराइरहेको बताइएको छ । गत बर्ष पाइपलाइन बाट तेल चोरी गर्दा राज्यले तीन अर्ब अमेरिकी डलर बराबरको तेल गुमाएको थियो । घटनामा गम्भीर घाइते भएका नागरिकहरूको उपचार भइरहेको तर मृतक सङ्ख्या थप बढ्नसक्ने अस्पताल स्रोतले जनाएको छ । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies