Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

चीन–अमेरिका व्यापार वार्तापछि विश्व शेयर बजार बढ्यो

न्यूयोर्क। चीन–अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको सङ्केतसँगै विश्वको शेयर बजारमा शुक्रबार वृद्धि देखिएको छ । अमेरिकी वाल स्ट्रिट जोर्नलले वासिङ्टनले चीनमाथिको थप करवृद्धिलाई हटाउने बताएपछि यूरोपेली तथा एशियाली शेयर बजार बिहीबार निकै मजबुत देखिएका आर्थिक सुचकाङ्कले देखाएका छन् । चीन र अमेरिकाबीच केही दिन पहिले भएको व्यापार वार्ताले क्रमशः विवाद सहज बन्दै गएको सन्देशसँगै विश्व शेयर बजारमा यसको सकारात्मक प्रभाव देखिएको हो । प्रमुख सुचकाङ्कमा एक प्रतिशत वा त्योभन्दा बढीका दरले लगातार चार दिनसम्म नाफा देखिएको वालस्ट्रिटले शुक्रबार बताएको छ ।अमेरिकी स्टक बजार ९डाउ० मा डिसेम्बर २४ पछि १३ प्रतिशतको वृद्धि देखिएको छ । बेइजिङले विगत पाँच बर्षदेखि अमेरिकासँग देखिएको व्यापार नाफालाई घटाउन सहमत बनेको र यसका कारण विश्व शेयर बजारमा समारात्मक सन्देश गएको ब्लुमवर्गले पनि उल्लेख गरेको छ । अनलाइन बजारका विश्वहस्ती व्यापारीहरूको संगठन ९आइजी० का वरिष्ठ बजार विश्लेषक जोसुआ माहोनीले भन्नुभयो, “विश्व शेयर बजारमा यस साता आशा गरिएजस्तै व्यापक सुधारका सङ्केत देसखिएका छन् । यो चीन–अमेरिकाबीचको व्यापार विवादमा महत्वपूर्ण ‘ब्रेकथु्र’ हुने सम्भावनाले आएको सुधार हो ।” “व्यापार सम्झौताका सम्बन्धमा देखिएको आशा नै बजार सुधारका लागि निर्धारक आधार हो,” एलबीबीडब्लुका कार्ल हेलिङले बताए । हेलिङले भने, “त्यहाँ एक प्रकारको कालो धुवाँका सङ्केत देखिएका थिए । जहाँ धुवाँ हुन्छ त्यहाँ आगो पनि हुनु स्वभाविक हो । तर पछिल्ला दिनमा बजारमा सकारात्मक सन्देश फैलिएको छ र यसले शेयर बजारलाई थप ओरालो लाग्नबाट बचाएको छ । तत्काल केही सुधारका सङ्केत देसखिएका छन् । यो सबैका लागि खुशीको कुरा हो ।” “ट्रम्पले अर्थतन्त्र कमजोर बन्दै गएको र अमेरिका बन्दको अवस्थालाई महशुस गरेजस्तो देखिएको छ । उनले यसमा आफ्नो जीतलाई पुष्टि गर्न केही गर्ने देखिएको छ ।” तर केही विश्लेषकहरूले व्यापार विवाद साम्य भै हाल्नेमा संशय व्यक्त गरेका छन् । उनीहरूले अझै धेरै बिषयमा सहमतिदेखि धेरै टाढा रहेको बताएका छन् । उनीहरूले बौद्धिक सम्पत्ती चारीसम्बन्धी अमेरिकाको दावीलाई चीनले सम्बोधन गरिहाल्ने नदेखिएको बताएका छन् । किनकि अमेरिकाले लगाएको उक्त आरोपलाई खुलारूपमा चीनले खण्डन गर्दै आएको छ । मुद्रा बजारसम्बन्धमा बेलायती मुद्रा कमजोर देखिएको छ । बेलायतले विनासम्झौता यूरोपेली संघबाट बाहिरिने हल्लाले बेलायती मुद्रा केही कमजोर देखिएको हो । बेलायती प्रधानमन्त्री टरिजा मे ले गरेको बृहत् ब्रेक्जिट योजनालाई सांसदहरूले विफल पारेका छन् तर प्रधानमन्त्रीले सोमबारसम्म अन्तरपार्टी छलफलका लागि नै दोस्रो योजना ल्याउने बताइएको छ । यदि उक्त योजनाले काम नगरेमा मार्चमा हुने भनिएको बेलायतको बहिर्गमन पछि धकेलिने छ र यसले प्रधानमन्त्रीलाई अर्को सम्झौता गर्नका लागि समय दिनेछ वा अर्को जनमतसङ्ग्रहको बाटो तय गर्नेछ । चीन–अमेरिकाबीचको व्यापार वार्ताको सकारात्मक सन्देश र तेल निर्यात राष्ट्रहरूले गरेको तेलको उत्पादनमा कटौतिले कच्चा इन्धनको मूल्यमा वृद्धि देखिएको छ । अमेरिकी कम्पनीहरूको शेयरमा चीनसँगको कारोबारसँगै नाफातर्फ देखिएका छन् । डाउका सदस्यहरू वोइङ, क्याटरपिलर र नाइकमा सुधारको सङ्केत देखिएको छ । तर अमेरिकी कम्पनी तेस्ला मोटर्सको कारोबारमा १३ प्रतिशतले गिरावट देखिएको छ । विद्युतीय कार निर्माण कम्पनीहरूले प्रविधिमैत्री अत्याधुनिक विद्युतीय कार बनाउने घोषणाले तेस्ला मोटर्सको आम्दानीमा ह्वात्तै गिरावट आएका हो । उक्त कम्पनीले विद्युतीय कारसँग सामना गर्नसक्ने समस्या र यसबाट हुने कमजोर आम्दानीलाई सन्तुलनमा राख्न कामदार कटौतिको घोषणा गरेको छ । नेटफिक्सको नाफामा विश्लेषकहरूको अनुमान विपरित चार प्रतिशतको गिरावट देखिएको छ । विश्लेषकहरूले ग्राहक सङ्ख्याको वृद्धिमा सुस्तता आउँदा नेटफिक्सको आगामी बजारप्रति विश्लेषकहरूले चिन्ता प्रकट गरेका छन् । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies