Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

कारोबार मूल्यलाई मान्यता दिएर सन्दर्भ मूल्य खारेज गर्न व्यवसायीको माग

काठमाडौं । वैशाखदेखि कार्यान्वयनमा आएको भन्सार सन्दर्भ पुस्तिकाले कच्चा तथा तयारी वस्तु आयातमा अप्ठ्यारो पारेको उद्योगी, व्यवसायीले गुनासो गरेका छन् । ६७औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्वसन्ध्यामा उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानले सन्दर्भ पुस्तिकाको कारण वस्तु आयातमा समस्या भोग्नुपरेको बताए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - सरकारले गत वैशााखदेखि जुनसुकै वस्तु आयात गर्दा भन्सारले निर्धारण गरेको सन्दर्भ मूल्यका आधारमा कर निर्धारण गर्दै आएको छ । व्यवसायीले कम मूल्य घोषणा गरी भन्सारबाट सामान आयात गर्ने प्रवृत्ति बढेपछि सरकारले सन्दर्भ मूल्य लागू गरेको हो । महासंघ उपाध्यक्ष प्रधानले भन्सार कर्मचारी र व्यवसायीबीच विश्वासको वातावरण आवश्यक रहेको बताउँदै कारोबार मूल्यका आधारमा भन्सार जाँचपासको व्यवस्था गर्न आग्रह गरे । कार्यक्रममा महासंघको कर तथा राजस्व समितिका उपसभापति कृष्णप्रसाद दुलालले कार्यपत्र प्रस्तुत गर्दै कारोबार मूल्यलाई मान्यता दिएर सन्दर्भ मूल्य खारेज गर्न सुझाब पेस गरेका छन् । ‘भारतबाट आयात भएका सामानलाई जिएसटी बिलबिजकअनुसार निर्वाध जाँचपास गरिनुपर्छ,’ उनले भने । त्यस्तै आर्थिक कसुरमा व्यवसायीलाई फौजदारी कारबाही गर्न नहुने, भन्सार कार्यालयहरू २४सै घन्टा खुल्नुपर्नेलगायतका सुझाब पेस गरेका थिए । ‘हामीले लामो समयदेखि भन्सार प्रणालीलाई व्यवसायमैत्री बनाउन सुझाब दिइरहेका छौँ । त्यसको कार्यान्वयन अवस्था फितलो हुँदा निराश छौँ,’ उनले भने । व्यवसायीको सुझाब लिएपछि भन्सार विभागका महानिर्देशक तोयम रायाले सन्दर्भ मूल्य अहिलेको परिवेशमा उचित निर्णय भएको बताए । ‘अहिले बजारभाउको विषयमा जानकारी लिन खुद्रा विक्रेतालाई कतिमा सामान किनेको हो भनेर सोध्यो आयातकर्ताले बिल दिँदैनन् भन्छन्,’ उनले भने, ‘भन्सारमा तिरेको मूल्यभन्दा बजारभाउ धेरै नहुने वातावरण बनाउन सन्दर्भ मूल्यको विषयमा सोच्न सकिन्छ ।’ अहिले भन्सारमा तोकेभन्दा धेरै ठूलो अन्तरमा बजारभाउ निर्धारण भइरहेको बताउँदै उनले सन्दर्भ मूल्य कायम राख्ने संकेत गरेका छन् । ‘जुन सामान भन्सारमा १ सय रुपैयाँमा छिर्छ, त्यसको बजारभाउ ३ हजार रुपैयाँसम्म हुने गरेको छ,’ उनले भने । दोषी व्यवसायीलाई कारबाही गर्न खोज्दा दबाब आउने कारण पनि भन्सार जाँचपासमा सुधार हुन नसकेको उनले टिप्पणी गरे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending