Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

नागरिकता विधेयकमाथि आजदेखि छलफल शुरु

काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल नागरिकता ऐेन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि दर्ता भएका विभिन्न संशोधनमाथि आजदेखि छलफल शुरु भएको छ । संविधान कार्यान्वयनका अति महत्वपूर्ण मानिएको सो संशोधन विधेयकमाथि २३ संशोधनको प्रस्ताव सांसदले दर्ता गराउनुभएको थियो । यसअघि समितिले विधेयकसित सम्बन्धित सरोकार भएका निकायसित गहन रुपमा छलफल तथा अन्तरक्रिया समेत सम्पन्न गरेको थियो । गृहमन्त्री रामबहादुर थापा बैठकमा सहभागी थिए । आजको बैठकमा समितिका सदस्य जनार्दन शर्माले संविधान कार्यान्वयनका लागि विधेयक महत्वूर्ण हुने बताउँदै विधेयकमाथि शीर्ष राजनीतिक नेतृत्व तहबाट सहमति खोजिनुपर्छ भने । उनले सर्वसम्मत रुपमा विधेयक तयार भएमा मात्र यसले अपनत्व बढाउने बताए । संशोधनकर्ता सांसदद्वय रेखा शर्मा र यशोद सुवेदीले वंशज र अङ्गीकृत नागरिकता प्राप्तिमा थप सहजता ल्याउन आवश्यक रहेकामा जोड दिँदै महिलाको आत्मसम्मानमा आँच नआउने गरी आगामी दिनमा नागरिकता प्राप्ति हुनुपर्छ भने । नागरिकतासम्बन्धी संविधानका केही धारा तथा प्रावधान महिलामैत्री बन्न नसकेको जिकिर गर्र्दै उनीहरुले संविधान संशोधनको आवश्यकता समेत औँल्याए । संशोधनकर्ता सांसदद्वय विन्दा पाण्डे र हृदयेश त्रिपाठीले अहिले पनि वंशजका आधारमा महिलाले नागरिकता प्राप्ति गर्न १५ समस्या रहेको उल्लेख गर्दै यसलाई विधेयकमा संशोधन गर्न आवश्यक रहेकामा जोड दिए । संशोधनकर्ता सांसद देवेन्द्रराज कँडेलले नागरिकतासम्बन्धी संविधानका भावनानुसार विधेयक आउनुपर्छ भने । समितिका सदस्य प्रेम सुवालले देशको सार्वभौमिकतामाथि कहीँकतैबाट आँच नआउने गरी नागरिकता प्राप्तिको व्यवस्था हुनुपर्छ भने। छलफलमा सांसद नवराज सिलवाल, झपट रावल, राजेन्द्र श्रेष्ठ, मीनाक्षी झा र विनाकुमारी श्रेष्ठले महिलाको आत्मसम्मानमा आँच नआउने गरी नागरिकता विधेयक तयार गर्न सुझाव दिए । समितिका सभापति शशि श्रेष्ठले विधेयक सहमतिमा तयार हुने जानकारी दिइन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy