Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

हिउँले गाउँ जाने बाटो पुरिएपछि अलपत्र परे गुर्जाली

म्याग्दी । एक साताअघि काम विशेषले बेँसी झरेका म्याग्दी धौलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दा बाक्लो हिमपातका कारण गोरेटो बाटोसमेत पुरिएपछि घर फर्कन नसक्दा बीच बाटोमा नै अलपत्र परेका छन् । लुलान र गुर्जाका सिमानामा पर्ने देउरालीको करीब तीन किलोमिटर क्षेत्रमा चार फिटसम्म हिउँ जमेपछि बाटो अवरुद्ध भएको हो । घना जङ्गल रहेको सो क्षेत्रमा बाटो नपाएपछि २० भन्दा बढी गुर्जावासी मुना र लुलानमा नै बस्नुपरेको धौलागिरि गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता झकप्रसाद छन्त्यालले बताए । अध्यक्ष छन्त्यालका अनुसार, बीच बाटोमा अलपत्र परेका व्यक्तिले गाउँमा रहेका आफन्तसँग समेत सम्पर्क गर्न सकेका छैनन् । हिमपातका कारण सञ्चार अवरुद्ध भएपछि गुर्जामा के भइरहेको छ भन्ने कसैलाई पनि जानकारी छैन । बीच बाटोमा भरिया र खच्चडसमेत अलपत्र परेका छन् । खाद्यान्नलगायतका आवश्यक सामान खच्चडमार्फत ढुवानी हुने गुर्जामा एक सातादेखि कुनै पनि सामान पुग्न सकेको छैन । त्यहाँ खाद्यान्नको समेत अभाव हुन थालेको आशङ्का गरिएको छ । वडाध्यक्ष छन्त्यालका अनुसार चरन क्षेत्रसमेत हिउँले पुरिएकाले पशु चौपाया र भेडाबाख्रा भोकै छन् । बाटोमा चट्टानजस्तो गरी हिउँ जमेको छ । आज १० बजेदेखि घाम लागेको छ । आज दिनभरि घाम लाग्यो भने हिउँलाई काटेर आपत्कालीन ट्याक बनाएर बाटो खुला गर्ने प्रयास गरिने छन्त्यालले जानकारी दिए । गुर्जाको तल्लो भेगका मानिस पनि हिमपातकै कारण शौचालयसम्म जान नसकेको बताइएको छ । हिमपातका कारण गुर्जावासीको जनजीवन अस्तव्यस्त बनेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए । वर्षासँगैको बाक्लो हिमपातका कारण गुर्जावासी कहर काट्न बाध्य भएका छन् । चिसोका कारण बालबालिका र वृद्धवृद्धाको दिनचर्या अत्यन्तै कष्टपूर्ण बनेको छ भने पशु चौपायासमेत भोकै गोठभित्र थुनिन बाध्य भएका छन् । हिमपातका कारण विद्युत् र सञ्चार सेवा पनि अवरुद्ध भएपछि गुर्जावासी अतास्यिएका छन् । हिमपातले स्थानीय इङ्गले खोला लघुजलविद्युत्को पोल ढालेसँगै सञ्चार तथा विद्युत् सेवा ठप्प भएको छ । विद्युत् तथा सञ्चार सेवा ठप्प भएसँगै स्थानीयले अँध्यारोमा रात कटाउन बाध्य भएका वडाध्यक्ष छन्त्यालले जानकारी दिए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy