Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

यसरी लिफ्टमार्फत नमूना खानेपानीकाे आयोजना शुरु हुँदै

पर्वत। लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँको एक गाउँका बासिन्दालाई पानी उपलब्ध गराउन नमूना आयोजना शुरु गरिएको छ । कुश्मा नगरपालिका–१० पीपलटारीका बासिन्दाको खानेपानीको समस्या हटाउनका लागि ‘लिफ्ट’ खानेपानी आयोजना शुरु भएको हो । मोदीखोलाको किनारमा रहेको सिल्मीको छिपछिपे मूलको पानी ट्याङ्कीमा सङ्कलन गरी गाउँसम्म लिफ्टमार्फत तान्ने तयारीस्वरुप आयोजनाको निर्माण कार्य शुरु गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङमार्फत आयोजना निर्माण सम्पन्न हुन लागेको हो । कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलका अनुसार आयोजनाको कूल लागत रु साढे ६ करोड रहेको छ । पीपलटारीका ३०० परिवार आयोजनाबाट लाभान्वित हुने जनाइएको छ । मूलदेखि एक हजार ९८० मिटर माथि रहेको बस्तीसम्म पानी पु¥याउन तीन वटा ट्याङ्की निर्माण गरिने भएको छ । दुई चरणमा पानी पम्प गरेर गाउँसम्म पुर्याउन थालिएको डोटेलले जानकारी दिए । उक्त योजना दुई वर्षभित्रमा निर्माण सम्पन्न हुनेछ । योजनाको पानी पीपलटारीका पिप्ले, वितलब, माझीगाउँ, गैरावारी, चाक्लेकुला, रोहोटेपानी, तमादी लगायतका बस्तीमा एक घर एक धारामार्फत वितरण गरिने छ । आयोजनाका लागि यस वर्ष रु ४५ लाख विनियोजन भएको छ भने अर्को वर्ष योजनाको लागतअनुसारको बजेट विनियोजन गरिने बताइएको छ । आयोजनाको शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरेका छन् । आयोजना निर्धारित समय अगावै सक्न निर्देशन दिँदै उनले स्थानीयवासीको खानेपानीको समस्या टार्न आयोजना सफल हुने बताए । उनले नेपालमा कुनै पनि विकासका आयोजना समयमै पूरा नहुने समस्या बढ्दै गएकामा असन्तुष्टि व्यक्त गरे। पर्वतमा यसअघि जलजलाको माझफाँट, कुश्मा नगरपालिकाको ठूलीपोखरी र महाशिला गाउँपालिकाको होश्राङदीमा लिफ्ट खानेपानी योजना सञ्चालनमा आएका छन् । पानीको स्रोत नभएका ठाउँमा सो प्रविधि लाभदायी हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख डोटेलले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy