Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

प्रजिअद्धारा सहाराविहीन तीन बालकलाई घडेरी

पर्वत । बाबुको मृत्युपछि आफ्ना नाबालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका यहाँका तीन बालकलाई पाँच आना घडेरी प्रदान गरिएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीन बालकलाई विभिन्न सहयोगी खोजेर घडेरी पास गरिदिएका हुन् । बालक विचल्ली भएको समाचार गत पुस १९ गते राष्ट्रिय समाचार समितिमा प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी ढकालको पहलमा ती बालकले जग्गा पाएका हुन् । बाबुको मृत्युपछि आमाले दोस्रो बिहे गर्दा बिचल्लीमा परेका पर्वत कुश्मा नगरपालिका– ९ कटुवाचौपारीका तीन दलित समुदायका बालकले रु पाँच लाख मूल्य पर्ने पाँच आना घडेरी पाएको हो । बाबु आमा नहुँदा सहाराविहीन भएका विशाल परियार, विवेक दर्जी र विश्वास परियारलाई सोमबार जिल्ला प्रशासन कार्यालयमा लालपूर्जा हस्तान्तरण गरिएको छ । तीन बालककोे बिचल्ली देखेपछि उनीहरुलाई स्थायी बसोवास र शिक्षा दिने कुरामा पहल गर्ने रुचि जागेर आएको प्रजिअ ढकालले बताए । ‘शान्तिसुरक्षा कायम गर्ने र दैनिक प्रशासनिक काम गर्ने भए पनि असहाय, हिंसापीडित र निमुखाहरुका लागि केही गर्नुपर्छ भन्ने भावनाले यो पहल गरेको हुँ’ जग्गाको लालपूर्जा हस्तान्तरण कार्यक्रममा प्रजिअ ढकालले भने, \'अब उनीहरुका लागि आवास बनाउन पहल गर्छु ।\' प्रजिअ ढकालको पहलमा तत्कालीन जिल्ला विकास समितिका उपसभापति राम शर्मा पौडेलले जम्मा रु एक लाख लिएर रु पाँच लाख भन्दा बढीको घडेरी पास गरिदिएका छन् । घडेरी किन्नका लागि प्राविधिक क्षेत्रमा काम गर्ने २४ जना युवाले रु एक लाख सङ्कलन गरेका थिए । इञ्जिनीयर सुरेन्द्र गौतमको नेतृत्वमा सङ्कलित उक्त रकम गौतम, सरोज ढकाल र ईन्द्रबहादुर राना थापाले बालबालिकालाई हस्तान्तरण गरिएपछि जग्गाधनीलाई बुझाइएको छ । विसं ०७४ मङ्सिरमा मृत्यु भएका पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका थिए । उनका दुई श्रीमतीमध्ये सावित्री दमै चार वर्षअघि र कान्छी देवी परियार दुई वर्षअघि दोस्रो विवाह गरी गइसकेका छन् । देवीतर्फका छोरा विवेक र सावित्रीतर्फ विशाल र विश्वास बाबुको मृत्युपछि सहारा विहीन बनेका थिए । उनीहरु वृद्ध हजुरबुबा हजुरआमाको साथमा जीवनयापन गर्दै आएका छन् । जग्गाको लालपूर्जा लिँदा खुशीले रोएकी हजुरआमा गौतमी परियारले अब टुहुराले सहारा पाएको बताए । \'मैले रुदै ज्याला मजदूरी गरेर पाल्न सकेकी थिइन,\'उनले भनिन् \'अब यी बालकको पनि भविष्य बन्छ भन्ने सोचेकी छु ।\' प्रजिअ ढकालको पहलमा जेठबाट बालकको हेरचाह, पालनपोषण र शिक्षाका लागि मासिक रु ६ हजार परिवारले पाउन थालेका छन् । वडाको सिफारिसमा प्रमुख जिल्ला अधिकारी ढकालले एसओएस सामाजिक सेवा केन्द्र गण्डकीलाई पत्राचार गरेपछि उक्त संस्थाले तीन बालकलाई जनही मासिक रु दुई हजारका दरले सहयोग गर्दै आएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy