Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा आजैदेखि लागू हुने

काठमाडौँ। नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ । टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको हो । निकट भविष्यमै अन्य देशमा जाने नेपालीका लागि आफ्नै देशको मोबाइल सेवामार्फत आफ्ना आफन्तसँग कुराकानी गर्नसक्ने गरी व्यवस्था गरिने छ । प्रिपेड सेवा लिएका नागरिकले बिना धरौटी त्यस्तो सुविधा लिन पाउने भएका छन् । मोबाइलमा जे जति मात्रामा रकम रहेको छ , सोही आधारमा फोन गर्न पाउने छन् । यसअघि पोष्टपेड सेवा लिएको ग्राहकले रु दश हजार धरौटी राखेर रोमिङ सेवा लिँदै आएका थिए । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सेवा र सुविधालाई थप विविधकरण गर्दै लैजाने सोचका साथ नयाँ–नयाँ योजना अगाडि सारिएको बताए । यस्तै टेलिकमले आजदेखि लागू हुने गरी जिएसएम पोष्टपेड ग्राहकलाई रु नौ सयको प्याकेजमा प्रति महिना दुई जिबी डाटा उपलब्ध गराउने भएको छ । यही माघ २३ गतेदेखि आगामी फागुन ८ गतेसम्म दर्ता हुने नयाँ जिएसएम पोष्टपेड मोबाइल ग्राहकलाई तीन महिनासम्म प्रति महिना ‘अल टाइम’ डाटा एक जिबी र १०० मिनेट बराबरको टेलिफोन सुविधा उपलब्ध गराउनेछ । पर्यटकीय प्याकेजअन्तरगत रु ५०० मा पाँच जिबी डाटा, नेपाल टेलिकमको संयन्त्रमा ५० मिनेट टेलिफोन गर्ने सुविधा र ५० एसएमएस र १०० मिनेटको अन्तर्राष्ट्रिय फोन गर्नसमेत सकिनेछ । यस्तै रु एक हजारमा १० जिबी डाटा र टेलिकमकै संयन्त्रमा १०० मिनेट फोन गर्ने सुविधा, १०० वटा एसएमएस र २०० मिनेट बराबरको अन्तर्राष्ट्रिय फोन गर्नसक्ने सुविधा दिइएको छ । टेलिकमको आम्दानी ४५ अर्ब टेलिकमले आर्थिक वर्ष २०७४र७५ मा रु ४५ अर्ब २७ करोड बराबरको नाफा गरेको छ । आव २०७३र७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको थियो । कम्पनीको खुद नाफा १३।७३ प्रतिशतले वृद्धि भई आव २०७४र७५ मा रु १७ अर्ब ४८ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७४र७५ मा ११६।५६ प्रतिशत पुगेको छ । टेलिकमले सरकारी राजश्वमा उल्लेख्य योगदान गरेको छ र आगामी वर्ष पनि सो जारी रहने उल्लेख छ । कम्पनीले आव २०७४र७५ मा कर तथा गैरकर वापत कूल रु २६ अर्ब ६५ करोड २० लाख सरकारी कोषमा योगदान गरेको छ । कम्पनीको कार्ययोजनाअनुसार आय र मुनाफामा वृद्धि हुँदा सरकारी राजश्वमा स्वतः वृद्धि हुने दावी छ । कम्पनीका अनुसार गत मङ्सिरसम्म ग्राहक सङ्ख्या दुई करोड १० लाख ९८ हजार पुगेको छ । आव २०७३÷७४ मा एक करोड ७६ लाख दुई हजार ग्राहक रहेकोमा १३।५१ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तसम्म एक करोड ९९ लाख ८० हजार पुगेको थियो । हाल टेलिघनत्व ७२।५० प्रतिशत पुगेको छ । कम्पनीले मुलुकको ७७ जिल्ला र सातै प्रदेशमा तारसहित र ताररहित सेवा तथा डाटा सेवा सञ्चालनमा ल्याएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy