Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

उचित मुल्य नपाएको भन्दै अण्डा उत्पादक किसान आन्दोलित

चितवन । लेयर्स कुखुरापालक कृषकले लागतअनुसारको मूल्य नपाएपछि नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले नारायणगढमा सँगै रहेको दाना वितरक सङ्घको कार्यालयमा पनि ताला लगाएका छन् । सङ्घले किसानको हितमा काम गर्न नसकेको आरोप लगाउँदै पश्चिम चितवन अण्डा उत्पादक किसान सङ्घ र पूर्वी चितवन अण्डा उत्पादक किसान आन्दोलित भई मङ्गलबार तालाबन्दी गरेका हुन् । विचौलियाका कारण अण्डाको मूल्य पाउन नसकेपछि आन्दोलित हुनु परेको पश्चिम चितवन अण्डा उत्पादक किसान सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । नेपाल अण्डा उत्पादक सङ्घले समस्या समाधानका लागि विक्रेता र किसानलाई बोलाएको भए पनि विक्रेता नआएपछि किसानले तालाबन्दी गरेका हुन् । हाल बजारमा दानाको मूल्य बढेर प्रतिकिलो रु ५३ पुगेको भन्दै सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले ठूलो अण्डा प्रतिक्रेट रु २३० मा मात्र बिकेको बताए । अहिलेको लागत मूल्यअनुसार कृषकले प्रतिक्रेट रु ३०० पाउनुपर्ने उनको भनाइ छ । हाल बजार मूल्यअनुसार किसानले एउटा अण्डाको हाराहारी आठ रुपैयाँ पाएका छन् । सोही अण्डा उपभोक्ताले खरीद गर्दा रु १५ तिर्नुपर्ने बाध्यता छ । दानाको मूल्य बढेपछि दैनिक कृषकले नोक्सानी बेहोर्दै आएका छन् । चल्लाको मूल्यमा समेत अस्वभाविक वृद्धि भएपछि ब्रोइलर कुखुरापालक कृषकले गत महीनामात्र चल्ला उठाउन रोकेर आन्दोलन गरेका थिए । हाल नेपालमा दैनिक ३५ लाख वटा अण्डा उत्पादन हुँदै आएको छ । दुई हजारभन्दा बढी कृषक लेयर्स कुखुरापालनमा आबद्ध रहेका छन् । सङ्घका केन्द्रीय सचिव मदन पोख्रेलका अनुसार लेयर्स कुखुरापालनबाट मात्र एक लाख ७० हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । अण्डा उत्पादनका क्षेत्रमा मात्र देशभरमा रु ५० अर्ब हाराहारी लगानी भएको पोख्रेलको भनाइ छ । पत्रकारलाई वातावरण तालीम नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आयोजनामा पत्रकारका लागि वातावरणसम्बन्धी दुईदिने तालीम आजदेखि यहाँ शुरु भएको छ । तालीमको उद्घाटन गर्दै भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले पत्रकारलाई वातावरण सम्बन्धी ज्ञान दिलाउन तालीम फलदायी हुने विश्वास व्यक्त गरिन् । उनले जलवायु परिवर्तनको प्रभावका बारेमा आम जनतालाई जानकारी गराउन पत्रकारमार्फत सहज हुने बताइन् । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष राधेश्याम खतिवडाले मोफसलका पत्रकार सबै क्षेत्रका ज्ञाता हुनुपर्ने भएकाले वातावरणसम्बन्धी लेखन कार्यलाई थप सशक्त बनाउन तालीम आयोजना गरिएको बताए । तालीममा जिल्लामा क्रियाशील ५० जना पत्रकार सहभागी छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy