Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

अटिजम भएका व्यक्ति करिब तीन लाख भेटियाे

जनकपुरधाम। नेपालमा करीब तीन लाख अटिजम ( बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता) भएका व्यक्ति भएको अनुमान गरिएको छ । अटिजम केयर नेपाल सोसाइटी नामक संस्थाद्वारा आज जनकपुरधाममा आयोजित अटिजम विषयक जनचेतनामूलक पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । विश्वको पछिल्लो तथ्याङ्कअनुसार हरेक ५९ जन्मेको बालबालिकामध्ये एकलाई अटिजम भएका व्यक्ति भएको अनुमान पनि गरिएको छ । चिकित्सकका अनुसार अटिजम मस्तिष्क विकासको विकार हो, जसले मस्तिष्कको सामान्य कार्यलाई प्रभावित पार्दछ । प्रायजसो जन्मेको तीन वर्षभित्र प्रष्टरूपमा देखिने अटिजम जीवनभर रहिरहन्छ । अटिजम भएका व्यक्तिले साधारण सञ्चार र सामाजिक कठिनाइदेखि लिएर जीवनयापनमा सदा अरुको सहायतामा जीउनु पर्ने अवस्था हुन्छ । एक्लै बस्ने बानी, वस्तुप्रति अमिल्दो लगाव, आँखामा आँखा नजुधाउने, शब्द र वाक्यांश दोहो¥याउने, अधिक चकचके अथवा अति निष्क्रिय हुने, हरेक दिन एउटै जस्तै काम गर्न रुचाउने, परिवर्तन मन नपराउने, बिना कारण रुने, कराउने र चिन्तित हुने, घाउ, चोट तथा दुखाइप्रति वास्ता नगर्ने, कुनै पनि चिज÷वस्तु घुमाइ रहने, असान्दर्भिक तरिकाले हाँस्ने, आफूलाई चाहिएका सामान औँलाले नदेखाउने, बोलाउँदा नबोल्ने, नसुनेजस्तो गर्नेलाई अटिजमको लक्षण मानिएको छ । सो अवसरमा डा सुनिता अमात्यले यसको पहिचान सानो उमेरमा नै गर्नसकेमा केही हदसम्म आत्मनिर्भर बनाउन सक्ने सम्भावना हुन्छ बताउनुभयो । उहाँले छोरामा अधिक देखिएको अटिजमको प्रभावकारी उपचार भनेको उनीहरूमा रहेको कमजोरी पक्षलाई सञ्चार र सामाजिक बुझाइलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तको आधारमा शिक्षा प्रदान गर्नुका साथै विशेष सहयोग, प्रशिक्षण र उपचार शीघ्र गर्न सकेमा उनीहरूले अर्थपूर्ण र उपयोगी जीवन जीउन सक्छन् भने । डा अर्चना कायस्थले अटिजमका लागि औषधोपचार नभएता पनि अकुपेशनल थेरापी, सञ्चार, व्यावहारिक सीप र सामाजिक थेरापी तथा विशेष र समाहित शिक्षाले आशा लाग्दो सुधार गर्न सक्ने धारणा राखे । उन धेरैजसोले यसको मुख्य कारण वंशाणुगत नै आधार माने पनि अझसम्म मुख्य कारण पत्ता लाग्न नसकेको पनि जानकारी दिए। सोसाइटीका प्रशासकीय प्रमुख सुरेन्द्र बज्राचार्यले अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालयको व्यवस्था, तालीम केन्द्रको स्थापना र अनुसन्धान गर्ने सोसाइटीको भविष्यको योजना भएको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending