Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

क्रसर बन्द गर्ने निर्णयले निर्माण कार्य प्रभावित

बर्दिवास । महोत्तरीमा जिल्ला समन्वय समिति महोत्तरीले क्रसर उद्योग बन्द गर्ने निर्णय गरेपछि यहाँका निर्माण कार्य प्रभावित हुने भएका छन् । सडक, भवन, पुलपुलेसा र सिँचाइ आयोजनासहित सर्वसाधारण नागरिकका निर्माण कार्य समितिको निर्णयले प्रभावित भएको हो । जिल्लामा सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारले सञ्चालन गरेका विकास निर्माणका धेरैजसो योजना, आयोजना र विकास पूर्वाधारको काम अघि बढाउन चाहिने नदीजन्य वस्तु (बालुवा, ढुङ्गा)क्रसर बन्द गर्ने निर्णयसँगै आपूर्ति नहुने भएपछि निर्माण कार्य प्रभावित हुने स्थिति देखिएको छ । धमाधम निर्माणका काम गरिनुपर्ने हिउँदको उपयुक्त समयमा क्रसर सबै बन्द गर्ने निर्णय हुँदा सामग्री (बालुवा, ढुङ्गा) को अभावमा काम रोकिने स्थिति बनेको भङ्गाहा नगरपालिका–४ का वडाअध्यक्ष अशोककुमार महतो बताउछन् । जिल्ला समन्वय समिति महोत्तरीले क्रसर सञ्चालकले उद्योग सञ्चालनका कानूनी आधार देखाउन पटकपटक आग्रह गरिँदा पनि सो देखाउन अटेर गरेर उत्खनन् भने जारी राखेपछि तत्काल क्रसर उद्योग बन्द गर्ने बुधबार निर्णय गरेको थियो । समितिको निर्णयलगत्तै क्रसर सञ्चालकले समान नरहेको भन्दै मागकर्तासँग बढी मूल्यको माग गर्न थालेका गुनासो बढेको छ । प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन हुन नहुने आपूmहरुले बताउँदै आए पनि क्रसर बन्द गर्न नभई नियमअनुसार नियमन गरिनुपर्ने आवाज उठाउँदै आएको भङ्गाहा–४ का सामाजिक कार्यकर्ता नारायण दाहाल बताउछन् । यता जिल्ला समन्वय समिति महोत्तरीले क्रसर सदाका लागि बन्द गर्ने निर्णय नगरिएको बताउँदै नियमनकै लागि तत्काल बन्द गरिएको स्पष्ट पारेको छ । \'हामीले नदीजन्य वस्तु उत्खनन् ठेक्का बन्दोबस्त, राजस्व असुली र क्रसर उद्योगको दर्ता नवीकरणलगायतका विवरण स्थानीय तहसँग माग गरेका थियौँ\', जिल्ला समन्वय समिति महोत्तरीका प्रवक्ता सुदीपकुमार झाले भने, \'तर कुनै पनि स्थानीय तह वा क्रसर सञ्चालकले सो उपलब्ध नगराएर उत्खनन भने जारी राखेपछि तत्काललाई बन्द गर्ने निर्णय गरेका हौँ ।\' पछिल्ला केही महीनायता जिल्लाका रातु, मरहा, बाँके, जङ्घा र भब्सीसहितका नदी क्षेत्र र नदीउकास जग्गामा क्रसर सञ्चालनमा देखिएको बेथिति र अनियन्त्रित दोहनले ठूलठूला खाल्डा बनाएर कुरुप बनाइएको र तटबन्ध र वनक्षेत्रको सुरक्षामा समेत आघात पुगेको गुनासो बढेपछि जिल्ला समन्वय समितिले अनुगमन सघन बनाएको थियो । जिल्लामा ५० भन्दा बढी क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहे पनि अभिलेखीकरण भएका छ वटा मात्र पाइएको समितिको निष्कर्ष छ । पूर्व–पश्चिम राजमार्गको रातु पुलभन्दा एक किलोमिटर दक्षिणमा पुरानो रातु खोला र नदीको उकास क्षेत्रमा २० फिट गहिरो खाल्डो बनाएर निर्वाधरुपमा उत्खनन भइरहेको स्थिति टुलुटुलु हेर्न नसकिने जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंह बताउछन् । \'नदीजन्य वस्तु जनताकै उपयोगिताका वस्तु हुन्, तर तिनको प्रयोग कसरी गर्ने भन्ने कुरा कडाइका साथ पालना गरिने स्थिति बन्नैपर्छ\', संयोजक सिंहले भने। रातु खोलाको अवैज्ञानिक उत्खननले भूमिगत स्रोत सुकेकाले हिउँदमै खानेपानीको समस्या सिर्जना हुने गरेको विज्ञले सुझाएका छन् । चुरे पर्वत शृङ्खला र जलाधार क्षेत्रको संरक्षण एवं नदीजन्य वस्तुको अनियन्त्रित दोहन नियन्त्रण गर्न नसकिए जिल्लामा केही वर्षभित्रै खानेपानीको हाहाकार मच्चिने चुरे जलाधार क्षेत्रको संरक्षण अभियानमा जोडिँदै आएका विज्ञ डा विजयकुमार सिंहको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy