Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

१६ बुँदे घोषणापत्र सहित युवा सम्मेलन सम्पन्न

कपिलवस्तु। कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बुँदे कपिलवस्तु घोषणापत्र २०७५ जारी गरी सम्पन्न भएको छ । कपिलवस्तुका युवाले शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु र प्रदेश नं ५ को उपसभामुख कृष्णी थारुलाई १६ बुँदे कपिलवस्तु घोषणापत्र बिहीबार हस्तान्तरण गरेका थिए । कपिलवस्तुको शहरी तथा ग्रामीण क्षेत्रमा रहेका १५ देखि २४ वर्ष उमेर समूहका युवालाई द्वन्द्व एवं प्राकृतिक विपत् प्रभावित समुदायका युवाको अनिश्चितता, उनीहरूका अधिकार तथा गरीबीबाट बाहिर आउने रणनीतिसँग सम्बन्धित विषयलाई सरोकारवालासँग प्रतिबद्धतासहित घोषणापत्र जारी गरिएको हो । तीन चरणमा गरिएको अनुसन्धानमा शहरी र ग्रामीण क्षेत्रका २३१ जना युवाको सहभागिता रहेको अनुसन्धान टोलीका प्रमुख डा सुमन तुलाधारले जानकारी दिए। नेपालमा बढ्दो बेरोजगारी, अनपेक्षित प्राकृतिक तथा सामाजिक वातावारण, विभिन्न स्थानमा धार्मिक, जातीय तथा राजनीतिक द्वन्द्वजस्ता समस्या रहेको बताइएको छ । सार्वजनिक सेवामा पहुँचको अभावसँग कपिलवस्तुमा रहेका सीमान्तकृत युवाको भविष्य अनिश्चितता जोडिएको अध्ययनले देखाएको छ । रोजगारी योजना, युवा सूचना केन्द्रको स्थापना, सान्दर्भिक प्रविधि शिक्षा, हिंसा र दुव्र्यवहार, युवा महिलाको सुरक्षा, सौहार्दपूर्ण वातावरण, पारिवारिक वातावरण र सार्वजनिक सेवालाई समेटने गरी युवाले योजना निमार्ण गर्न दिएका थिए । युवा सम्मेलनमा शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारु प्रदेश नं ५ की उपसभामुख कृष्णी थारु, प्रदेश नं ५ कपिलवस्तुका प्रदेशसभा सदस्य अर्जुनकुमार केसी, विजय नगरगाउँपालिका अध्यक्ष गोपाल थापाले घोषणापत्रमा हस्ताक्षर गरी कार्यान्वयनमा सकारात्मक धारणा राखेका थिए । सम्मेलनमा शिवराज नगरपालिकासहित कृष्णनगर नगरपालिका र तौलिहवा नगरपालिका ३५ जना युवाको सहभागिता रहेको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy