Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

विषादीमुक्त देश चाहन्छौँ- अध्यक्ष श्रेष्ठ

काभ्रेपलाञ्चोक । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले माटो र मानव स्वास्थ्यका लागि विषादीमुक्त देश बनाउन चाहेको बताएका छन् । कृषि तथा पशुपक्षी मन्त्रालय, प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र हरिहरभवन तथा कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकद्वारा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७५’ को पहिलो दिन आज बनेपामा आयोजित किसान सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भने, \'माटो र मानव स्वास्थ्य जोगाउनु सबैको दायित्व हो, सरकार पनि विषादीमुक्त देश बनाउन चाहन्छ ।\' उनले सरकारको आउँदो १० वर्षमा विषादीमुक्त देश बनाउने अभियानमा साथ दिन सबै पक्षसँग आग्रह गरे । अध्यक्ष श्रेष्ठले घातक विषादी प्रयोगका कारण विशेषगरी महिला तथा बालबालिकामा गम्भीर असर पारिरहेको बताउँदै आफ्नो खेतबारीको माटो र स्वास्थ्य जोगाउन किसानले आजैदेखि जैविक विषादी तथा प्राङ्गारिक मल प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए । \'सरकारले पनि कीटनाशक विषादी विधेयक पास गर्दैछ\', उनले थपे, \'सरकारको पाँच वर्षभित्र उत्पादन दोब्बर बनाउने अभियानमा सम्पूर्ण किसानले सहयोग गर्नुपर्छ, यसबाट हाम्रो अर्थतन्त्र पनि मजबुत हुन्छ ।\' अध्यक्ष श्रेष्ठले छिमेकी मुलुक चीन र भारतबाट वार्षिक ६०० टन विषादी भित्रिने गरेको बताउँदै घातक विषादीबाट विश्वमा वार्षिक करीब तीन लाख मानिसको मृत्यु हुनु भयावह स्थिति हो भने। \'विषादी न्यूनीकरण नगरे हामीले धेरै कुरा गुमाउनुपर्छ, एकैपटक बन्द गर्न नसके पनि प्रयोग कम गर्नु जरुरी छ\', उनले भने । अध्यक्ष श्रेष्ठले चेतना÷ज्ञानको अभावमा नेपालमा अत्यधिक विषादी प्रयोग हुँदै आएको र यसबाट ठूलो क्षति भइरहेको बताए । उनले भने, \'विषादी न्यूनीकरणमा आयोगले पनि विभिन्न चेतनामूलक कार्यक्रम ल्याउँछ ।\' कृिष तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव ईश्वरराज रिजालले सबै किसानले आफ्ना खेतबारीमा विषादी न्यूनीकरण गर्दै जानसके माटो र मानव स्वास्थको रक्षा गर्न सकिने बताए । कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकका प्रमुख कृष्णभद्र अधिकारीले अत्यधिक विषादी प्रयोग ठूलो चुनौती बन्दै गएकाले विषादी र रासायनिक मलको विकल्पमा जानैपर्ने बताए । किसान सभाअघि ‘पोषण सुरक्षा र खाद्य स्वच्छता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ मूल नाराका साथ आयोजित ¥यालीले बनेपा नगर परिक्रमा गरेको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy