काठमाडौं । अण्डाको मूल्य फेरी बढेको छ । नेपाल अण्डा उत्पादक संघको केन्द्रीय कार्यालय चितवनमा आज बसेको मुल्य निर्धारण तथा बजार अनुगमन समितिको बैठकले अण्डाको मुल्य बढाउने निर्णय गरेको हो । भोलिदेखी लागु हुनेगरी अण्डाको मुल्य प्रतिक्रेट २० रुपैँया बढाईएको अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष त्रिलोचन कंडेलले जानकारी दिए ।
अब अण्डा उत्पादक किसानले प्रतिक्रेट २ सय ६५ रुपैँया पाउने भएका छन । यसअघि गएको माघ २७ गत्ते पनि प्रतिक्रेट १५ रुपैँया बढाएको थियो । मुल्य बढाउन माग गर्दै अण्डा उत्पादक किसान आन्दोलनमा उत्रिएपछि अण्डाको मुल्य क्रमीक रुपमा बढाउने निर्णय गरे अनुरुप आज फेरी बढाईएको हो ।
कुखुरालाई दिईने दानाको मुल्य बढेपछि अण्डा उत्पादक किसानहरु आन्दोलनमा उत्रिएका थिए । संघका अनुसार पोल्टी क्षेत्रमा देशभर ठुला, साना गरी करिव ७ हजार अण्डा उत्पादक किसान रहेका छन् । हरेक दिन ३५ लाख गोटा अण्डा उत्पादन हुने गरेको र त्यसको ५० प्रतिशत उत्पादन चितवनमा मात्रै हुने गरेको संघका अध्यक्ष कंडलले बताए । चितवनमा ठुला साना गरी २५ सय अण्डा उत्पादक किसान रहेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: