भोजपुर । घर घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा र पँधेरा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयवासी अहिले आँगनको डिलमै पिउने पानी थाप्न पाउँदा दङ्ग छन् ।
पर्याप्त पानीको सुविधा भएपछि उनीहरुले अहिले पानी खोज्न जाने समय तरकारी खेतीमा लगाएका छन् । विगत वर्षमा आफूलाई खानका लागिसमेत तरकारी उत्पादन गर्न नसक्ने स्थानीयवासीले अहिले तरकारी बचेरै मनग्गे आम्दानी गर्न पाएकामा निकै खुशी छन् ।
स्थानीय दानबहादुर खड्काले भने, ‘विगतमा पानीको निकै समस्या थियो, पानी खोज्न गाउँभरिका कुँवा, धारा धाउँदैमा एकजनाको दिन बित्थ्यो तर अहिले घरमै पानी आउँदा निकै खुशी लागेको छ, अहिले खेरगइरहेको पानीको उपभोग गरेर तरकारी पनि उत्पादन गरिरहेका छौ ।\'
तत्कालीन जिल्ला विकास समिति र शहरी विकास मन्त्रालयको सहयोगमा तीन वर्षको प्रयासपछि खानेपानीे योजनाको काम सम्पन्न भएकाले स्थानीयवासीको समस्या टरेको हो । अहिले स्यालखेत खानेपानी मुहान र गाठेचौर खानेपानी मुहानबाट पानी ल्याएर स्थानीयवासीलाई वितरण गरिएको छ । दुईवटा खानेपानी आयोजनाका लागि करीब ५४ लाख खर्च भएको खानेपानी आयोजना निर्माण समितिले जनाएको छ ।
पानीको समस्यामा परेका गाउँका ६० घर बढी घरपरिवारले अहिले पानी उपभोग गर्दै आएका छन् । स्यालखोला उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर खड्काले भने, ‘यहाँ पानीको निकै समस्या थियो तर अहिले दुई खानेपानी आयोजनाको काम सकिएपछि पानीको समस्या हटेको हो । पानी आएपछि अहिले गाउँ नै हराभरा बनेको छ ।\'
प्रत्येक घरको करेसाबारीमा लहलह तरकारी देख्न पाइन्छ पानी आएपछि अहिले गाउँका स्थानीयवासीको दैनिकी नै फेरिएको छ ।’ उनले भने । स्थानीयवासीले पानीको व्यवस्था गर्नाका लागि श्रमदान पनि गरेका थिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: