जीवनभर एकअर्काको साथ दिने’ कसम खाएर जोडिएका कति सम्बन्ध एउटा मोडमा आइपुगेपछि दुई चिरा पर्छ ।
एउटै छानोमुनी जीवन काट्ने, एउटै थालमा खाने, एउटै विच्छ्यौनामा एकाकार हुने भावनात्मक बन्धन किन टुट्न पुग्छ रु जवाफ एउटै वाक्यमा पुरा हुँदैन । श्रीमान र श्रीमतिबीचको सम्बन्धमा कटुता आउनु, भ्रम र अविश्वास बढ्नु, अन्ततः अलग(अलग हुने निर्णयमा पुग्नुमा एउटै मात्र कारक हुँदैन । यसमा विभिन्न कारण हुन्छन् । दोषी एकमात्र हुँदैनन् । दुबैले केही न केही त्रुटी गरेकै हुन्छन् ।
दाम्पत्य सम्बन्ध टुट्नु एकदम दुःखदायी कुरा हो । यसले सम्बन्धित श्रीमान् र श्रीमतीलाई मात्र होइन, उनीहरुका सन्तानलाई विक्षिप्त बनाउँछ । उनीहरुका आफन्त, नातेदार, छिमेकी पनि यसबाट नराम्ररी प्रभावित हुन्छन् ।
तर, नचाहेरै दम्पतीबीच सम्बन्धमा फाटो आउँछ । जब उनीहरु एउटै छानोमुनी उभिएर रमाउन असमर्थ हुन्छन्, तब दुबै अलग हुन्छन् ।
श्रीमान् र श्रीमतीको महत्वकांक्षा पनि कहिले काहीँ दाम्पत्य सम्बन्धमा फाटो ल्याउने कारण बन्छ ।
श्रीमती महत्वकांक्षी हुनु समस्या हो ?
प्रश्न जटिल छ । किनभने हामीकहाँ श्रीमतीले घर(परिवार सम्हाल्नुपर्ने दायित्व हुन्छ । खाना पकाउने, बालबच्चाको हेरचाह गर्ने, सासु(ससुराको ख्याल गर्ने जस्ता यावत् काम श्रीमतीले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । यसरी घरभित्रको काम श्रीमतीले सम्हालेपछि घर(व्यवहारको वा बाहिरको कामको जिम्मेवारी श्रीमान्ले लिन्छन् । यस किसिमको तालमेलले परिवारमा सुख छाउँछ । दाम्पत्य सम्बन्धमा तालमेल मिल्छ ।
तर, महिला अर्थात श्रीमतीले घर(धन्दामै आफुलाई सीमित गर्नुपर्छ भन्ने जुन धारणा छ, त्यसले पनि समस्या पैदा गर्न सक्छ । किनभने श्रीमतीको महत्वकांक्षा आफैमा समस्या होइन । समस्या चाहि के हो भने, श्रीमानले त्यसलाई उचित व्यवस्थापन गर्न नसक्नु ।
तर, के आफ्ना श्रीमतीको महत्वकांक्षा पुरा गराउने बाटोमा श्रीमानले सहयोग गर्न सक्छन् रु यसको जवाफ नकारात्मक आउन सक्छ । किनभने पुरुषमा आफ्नै अभिमान हुन्छ । अहंम हुन्छ । अक्सर श्रीमान चाहन्छन् कि, श्रीमती आफुभन्दा अगाडि बढ्न सकोस् । उनीहरुले अलग पहिचान बनायोस् र लोकप्रिय होस् ।
अब श्रीमती पनि श्रीमान्को इच्छा अनुसार आफुलाई खुम्चाएर बस्न तयार हुँदैनन् । उनीहरु आफ्नो आकंक्षा पुरा गर्नका लागि जस्तोसुकै अडान लिन पछि पर्दैनन् । यता श्रीमान् पनि आफ्नो अडानबाट पछाडि हट्दैनन् ।
हो, यही मोडमा आइपुगेपछि दुबैले लिने निर्णय हो, अलग हुने ।
यसको सोझो अर्थ के भने, श्रीमान् र श्रीमतीको अहंम्, अडान, आकंक्षाले उनीहरुमा फाटो ल्याउँछ । दाम्पत्य सम्बन्ध टुट्न पुग्छ ।
श्रीमान् र श्रीमतीका आ(आफ्नै इच्छा, आकंक्षा, चाहना हुन्छन् । तर, उनीहरुको लागि सर्वोपरी भनेका आफ्ना परिवार हुन्, जो उनीहरुले रचना गरेका हुन्छन् । उनीहरु छोराछोरी, आमाबुवा, सासुससुरासँग अभिन्न रुपले जोडिएका हुन्छन् । यस्तो अवस्थामा उनीहरुले जुन पारिवारिक संरचना बनाएका हुन्छन्, त्यसलाई जोडेर राख्नु दुबैको दायित्व हो ।
केही कुरा
– श्रीमान्(श्रीमतीमा कुनैपनि किसिमको प्रतिस्पर्धा गृहस्थी र दाम्पत्य दुबैका लागि सुखद हुँदैन, त्यसैले यसबाट बच्नुपर्छ । एकअर्काको भावना र इच्छालाई सम्मान गरेर उनीहरुले यी सबै कुरा पाउन सक्छन् ।
(श्रीमती जीवनमा केही बन्न चाहन्छिन् वा हासिल गर्न चाहन्छिन्, त्यो गलत होइन । यो उनको हक हो । यद्यपी श्रीमतीले यो कुरा बुझ्नुपर्छ कि उनी के प्राप्त गर्न चाहन्छिन् रु त्यसले उनमा के हासिल हुन्छ रु श्रीमान्को भावनालाई ठेस लगाएर प्राप्त गरिने यस्ता कुराले जीवनमा के अर्थ राख्छ रु
(श्रीमान्को प्रोत्साहहन र प्रशंसाले श्रीमतीको प्रतिभा निखारिन्छ । उनको मनासय श्रीमतीलाई होच्याउने होइन ।
(श्रीमती प्रतिभाशाली छिन्, सार्वजनिक जीवन व्यतित गरिरहेकी छिन् भने यही कारणले श्रीमान्लाई हीनताबोध चाहि हुनुहुँदैन ।
प्रतिकृया लेख्नुहोस्: