काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनकै लागि संस्थापन इतर पक्षको राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन्।
शुक्रबार काठमाडौंमा सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भए कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरे।
उनले पार्टीभित्रको एकता आफ्नो मुख्य उद्देश्य रहेको बताए।
‘यो भेलाको आयोजना गर्नुपर्यो, किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो,’ कोइरालाले भने, ‘नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन। यसको मुख्य उद्देश्य यही हो।’
सम्बोधनका क्रममा कोइरालाले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासँग आफ्नो पुरानो सम्बन्धको प्रसंगसमेत स्मरण गरे। उनले आफ्ना पिता तथा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको बताए।
उनले देउवा पहिलोपटक बनारस आउँदा आफूलाई उनलाई घुमाउन भनिएको प्रसंग सुनाए।
‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो। उहाँ पहिलोचोटी बनारस आउँदा शेरबहादुरजीलाई घुमाइदे शशांक भन्नुभयो,’ उनले भने।
त्यस क्रममा देउवाले आफूलाई सिनेमा हेर्न लैजान आग्रह गरेको र एकै दिन तीनवटा सिनेमा हेरेको कोइरालाले स्मरण गरे।
कोइरालाले आफूहरूको नेता शेरबहादुर देउवा नै रहेको स्पष्ट पारे। उनको यो अभिव्यक्ति कांग्रेसभित्रको पछिल्लो शक्ति संघर्ष र गुटगत गतिविधिबीच आएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १५:१८
कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...
श्रावण २९ गते, २०८३ - १५:०२
कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन
श्रावण २९ गते, २०८३ - १४:४८
काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...
श्रावण २९ गते, २०८३ - १४:३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...
श्रावण २९ गते, २०८३ - १३:४९
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको अध्यक्...
श्रावण २९ गते, २०८३ - १३:३२
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले प्रतिकूल परिस्थितिका...
श्रावण २९ गते, २०८३ - १२:४४
हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा...
श्रावण २९ गते, २०८३ - १२:१९
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छ...
श्रावण २९ गते, २०८३ - ११:५९
स्याङ्जा। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग ११ प ८१८३...
श्रावण २९ गते, २०८३ - ११:२७
काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। ...



प्रतिकृया लेख्नुहोस्: