Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

उत्तर कोरियाले रकेट ‘साइट’ निर्माण गरेको हो भने दुःखद– राष्ट्रपति ट्रम्प

वासिङटन। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुःखद भएको बताएका छन्।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने चेतावनी दिएको भोलिपल्ट राष्ट्रपति ट्रम्पको यो धारणा आएको छ ।

राष्ट्रपति ट्रम्पले केही समाचारहरुमा उत्तर कोरियाले रकेट प्रक्षेपणका लागि रकेट परीक्षण ‘साइट’ निर्माण गर्न लागेको भनी आएको स्मरण गराउँदै यदि यो समाचार अनुरुप नै काम भएको हो भने त्यो निराशाजनक छ भनेको हो ।

उत्तर कोरियाले तोङचाङ्री लाउन्ज फेसिलिटी क्षेत्रमा रकेट प्रक्षेपणका लागि भन्दै काम गरिरहेको समाचार अमेरिकी सञ्चारमाध्यमहरुले दिएका थिए । वासिङ्टनको एक संस्थालाई उद्धृत गरी ती सञ्चारमाध्यमहरुले सो समाचार दिएका थिए । उक्त संस्थाले आफ्नो अनुसन्धानबाट उक्त कुरा पत्ता लगाएको भन्दै समाचार सार्वजनिक गरेको थियो ।

समाचारदाताहरुसँग राष्ट्रपति ट्रम्पले भन्नुभयो– यस्तो घटना त्यहाँ (उत्तर कोरियामा) भइरहेको हो भने यसले मलाई निकै नै निराश बनाउने छ, तर पनि यो समाचार तत्कालै आएकोले अपरिपक्व पनि हुन सक्छ, मैले अध्ययन गर्नेछु ।

तर पनि उत्तर कोरियामा अहिले नै आणविक हतियार तथा आणविक शक्ति केन्द्रहरु निर्माण हुने गरी नै क्रियाकलापहरु भने नभएको समाचार एक समाचार समितिले हालैमात्र सम्पे्रषण गरेको थियो ।

उक्त समाचार समितिको समाचारमा उल्लेख गरिएको छ– सन् २०१७ देखि नै स्थगित भएको आणविक कार्यक्रमलाई पुनस्र्थापना गर्नेगरी उत्तर कोरियामा काम भने भएका छैनन्, त्यति धेरै कामहरु भएको जस्तो लाग्दैन ।

यसै विषयमा लिन खोजिएको प्रतिक्रियामा अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसका प्रेस सचिव सराह स्यान्डर्सले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।
तर उहाँले यस विषयका अतिरिक्त अमेरिकाले उत्तर कोरियासँग निरन्तर वार्ता गर्ने जानकारी भने दिनुभएको सो समाचारमा जनाइएको छ ।

मङ्गलबार मात्र अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले एक अन्तर्वार्तामा निशस्त्रीकरणको विषयमा उत्तर कोरिया के कति गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको पनि बताएका थिए ।

अमेरिकाले उत्तर कोरिया यसअघिका सहमतिका साथै निशस्त्रीकरणको विषयमा कत्तिको गम्भीर छ र त्यस विषयमा उसले के कति कामहरु गरिरहेको छ भनेर हेरिरहेको बताउउँदै आएको छ ।

गत वर्षको जुन महिनामा अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निशस्त्रीकरणको विषयमा सहमत भएको थियो । त्यसको पालना भएको उत्तर कोरियाको दाबी छ ।

सोही सहमतिपछि नै उत्तर कोरियाले आणविक उत्पादन एवम् परीक्षण नगरेको दाबी उसको छ । सोही बमोजिम नै उत्तर कोरियाले आणविक परीक्षण गरेका समाचारहरु पनि अएका छैनन् ।

तर पनि उत्तर कोरियाले गरेको सो प्रतिबद्धताअनुरुप आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप छ । सोही प्रक्रियाको विषयमा अमेरिकी सञ्चारमाध्यमहरुले विभिन्न समाचार दिने गरेका छन् ।

यदि उत्तर कोरिया विगतको सो सहमतिको पक्षमा देखिएन भने अथवा उ निशस्त्रीकरणका लागि तयार भएन भने उसमाथि लगाइएको नाकाबन्दी आर्थिक हट्दैन, हटने छैन– सुरक्षा सल्लाहकार बोल्टनले भन्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोइमा दोस्रो चरणको शिखर वार्ता भएको थियो ।

सो वार्तामा कुनै पनि विषयमा सम्झौता भने नभएको बताइएको छ । उनीरुबीच कुनै सहमति नभएको भए पनि वार्ता भने सकारात्मक र प्रगतिउन्मुख रहेको अधिकारीहरुको भनाई छ ।

उहाँहरुबीच पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो । सो वार्तामा उत्तर कोरियाले निशस्त्रीकरणका लागि प्रतिबद्धता अघि सारेको थियो ।

अमेरिकाले उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिने बताउँदै आएको छ । हनोइ बैठकपछि राष्ट्रपति ट्रम्पले भनेका थिए– कुनै विषयमा सम्झौता नै नभएको भए पनि वार्तालाई भने निरन्तरता दिइने छ, हनोई वार्ता सकारात्मक भएको छ । सिन्ह्वा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy