बनेपा। आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका पाँचखाल नगरपालिकाका बासिन्दालाई ह्याविट्याट फर ह्युमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एक हजार ७९ घर निर्माण गरिएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, भवन विभाग र ह्याविट्याट फर ह्युमनिटी नेपाल गरी त्रिपक्षीय सम्झौतामा उक्त नगरपालिकाको १३ वटै वडामा विशेष गरी आर्थिक अभावका कारण भूकम्पले क्षति पुगेका घर पुनःनिर्माण गर्न नसकेकाका लागि घर निर्माण गर्न सहयोग गरेको संस्थाका जिल्ला कार्यक्रम अधिकृत सिमराज दनुवारले बताए । \'हामीले सरकारले तोकेअनुसारको भूकम्प प्रभावितका लागि घर निर्माण गर्न नसकेकालाई घर निर्माण गर्नुका साथै अवस्था र आवश्यकताअनुसार नगद रु ५० हजार, सोही बराबरको थप सामग्री र सोही बराबरको मिस्त्री उपलब्ध गरी घर निर्माण गर्न सहयोग गरेका हौँ\',उनले भने ।
सो संस्थाले परियोजना कार्यान्वयन गर्नका लागि आर्किटेक्चर्स सान्स फ्रन्टियर्स नेपाल (एएसएफ नेपाल) लाई उपलब्ध गराएको रु १२ करोड तीन लाख २९ हजार बजेट मध्ये रु ११ करोड ५९ लाख ४८ हजारमा सो घर निर्माण गरी सम्पन्न गरेको जनाएको छ । नेपाल पुनःनिर्माण सहयोग कार्यक्रमअन्तर्गत परियोजना क्षेत्रभित्रका भूकम्पबाट प्रभावित घरधुरीको पुनःनिर्माण तथा पुनःस्थापना गर्नका लागि सहायता पुर्याउने उद्देश्यले सो कार्य सम्पन्न गरेको उनको भनाइ छ ।
पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले आफ्नो वडामा भूकम्पले ध्वस्त बनाएका दनुवार बस्तीमा ८७ घर निर्माण गरी सहयोग गरेको बताए।
विपन्न दुनवार बस्तीमा राज्यले उपलब्ध गराएको रु तीन लाखबाट मात्रै सो बस्तीमा घर निर्माण गर्न नसक्ने अवस्था रहेकामा पुनःनिर्माणको काममा सो संस्थाले ठूलो सहयोग पुर्याएको उनले बताए ।
सो नगरपालिका वडा नं १२ का वडाध्यक्ष गोपालबहादुर दनुवारले संस्थाको सहयोगमा वडाभित्र भूकम्प लाभग्राहीको घर निर्माणमा विदेशीबाट सहयोग गरिरहेको बताए । घर निर्माण गर्न बाँकी रहेकाका लागि जग हाल्ने डिपिसीदेखि गाह्रो लगाउनेलगायतका काममा स्वयंसेवी खटिएका छन् ।
वडा नं १२ बालुवाका कान्छा दनुवारले रकम अभाव र काम गर्ने मान्छे नभएका कारण घर निर्माण गर्न ढिलाइ भइरहेको अवस्थामा विदेशी स्वयंसेवी आएर घर निर्माणका लागि सहयोग गरेको बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: