वासिङ्टन। अमेरिकी सांसदहरु आइतबार सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसको साँठगाँठ बारे अनुसन्धान गर्न गठित छानबिन समितिको गोप्य प्रतिवेदनको पर्खाइमा थिए । यो प्रतिवेदनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पद नै धरापमा पार्ने खतरा रहेको अनुमान पनि गरिएको छ ।
महान्यायाधीवक्ता विलियम बारले अमेरिकी कङ्ग्रेस र आमजनतालाई प्रतिवेदनको मुख्य अंश उपलब्ध गराउने अपेक्षा गरिएको छ । यो प्रतिवेदन २२ महिना लगाएर विशेष अनुसन्धाता रोबर्ट मुलरले तयार पारेको हो ।
बारले शनिबार प्रतिवेदन अध्ययन गर्न नौ घण्टा बिताएका थिए । उनले भनेबका थिए, प्रतिवेदनको मुख्य सार सप्ताहान्तमा सार्वजनिक गरिनेछ । ट्रम्प र उनको भित्री घेरामा रहेर कार्य गर्ने व्यक्तिहरुले प्रतिवेदन हस्तान्तरण गर्नुअघि मुख्य अनुसन्धाता मुलरले दोषारोपण नगरेकामा खुशी मनाएका छन् ।
अमेरिकी संविधानमा राष्ट्रपतिमाथिको छानबिन प्रतिवेदन महान्यायाधीवक्ताले अध्ययन गरेपछि मात्र सार्वजनिक गर्ने प्रावधान छ । महान्यायाधीवक्ता बारले प्रतिवेदनलाई जतिसक्दो चाँडो र पूर्ण पारदर्शिताका साथ सार्वजनिक गर्ने बताउका छन् ।
मुलर स्वयंले भने प्रतिवेदनका बारेमा केही बताएका छैन । अमेरिकी समाजमा मुलरको प्रतिवेदनलाई लिएर विभिन्न अडकलबाजी गरिएका छन् ।
केहीले मुलरको रहस्यमयी प्रतिवेदनले राष्ट्रपति ट्रम्पलाई सफाइ दिएको अनुमान गरेका छन् । तर कतिपयले सङ्घीय जाँच ब्यूरोका तत्कालीन निर्देशक जेम्स कोमेलाई सन् २०१७ मा एकाएक बर्खास्त गरी राष्ट्रपतिले सबैतिर हस्तक्षेप गरेको र न्यायमा अबरोध गरेको दाबी गरेका छन् । उनीहरुको विश्वास छ, छानबिन कार्य मुलरको प्रतिवेदनमा मात्र सीमित हुने छैन, थप अनुसन्धानको ढोका यस प्रतिवेदनले खोल्नेछ ।
मुलरले यसअघि ट्रम्पको चुनावी अभियानमा संलग्न ३४ जना र तीन वटा कम्पनीमाथि फौजदारी अभियोग दर्ता गरिसकेका छन् । ट्रम्पका पूर्व चुनाव प्रचार प्रमुख पल म्यानाफोर्ट र पूर्व निजी वकील माइकल कोहेनलाई जेल सजाय गरिएको छ ।
तर ट्रम्पको चुनावी अभियान र मस्कोबीच प्रत्यक्ष सहकार्य भए नभएको प्रश्नका बारेमा हालसम्म कसैलाई दोषी ठहर्याइएको छैन । सङ्घीय जाँच ब्यूरो ९एफबीआई० का पूर्व निर्देशक मुलरले अनुसन्धानका सिलसिलामा राष्ट्रपति ट्रम्पसँग अन्तरवार्ता लिएका थिएनन् । बरु, रुससँगको सम्बन्धका बारेमा ट्रम्पले केही प्रश्नको लिखित जवाफ दिएका थिए ।
जनवरी २०१७ मा राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको पद सम्हाले लगत्तै अमेरिकी गुप्तचर निकायहरुले चुनावी अभियानका क्रममा इमेल ह्याकिङको कार्यमा रुसको संलग्नता रहेको निष्कर्ष निकालेका थिए । रुसीहरुले अनलाइन प्रचारबाजी गरी अमेरिकी समाजमा घृणा र द्वन्द्व फैल्याउन भूमिका खेलेको पनि दाबी गरिएको थियो । रुसीहरुको यस्तो कार्यले राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार भएकी हिलारी क्लिन्टनलाई ठूलो क्षति पुगको थियो ।
रुसले भने अमेरिकी चुनावमा कुनै हस्तक्षेप नगरेको दाबी गर्दै आएको छ ।
राष्ट्रपति ट्रम्पले यसअघि मुलरको छानबिन प्रति तिब्र रोश प्रकट गर्दै आएका थिए । ह्वाइट हाउसका एकजना प्रवक्ता होगान गिड्लेले संवाददाताहरुसँग कुरा गर्दै ह्वाइट हाउसले मुलरको प्रतिवेदन प्राप्त नगरेको वा प्रतिबेनमा समेटिएका विषयका बारेमा कुनै जानकारी नदिइएको बताए ।
अमेरिकी कङ्ग्रेसका डेमोक्र्याट सांसदहरुले मुलरको पूर्ण प्रतिवेदन र यससँग जोडिएका अन्य दस्तावेजहरु सार्वजनिक गर्न आग्रह गरेका छन् । डेमोक्र्याट पार्टीले मुलरको प्रतिवेदनमा जे भनिए पनि राष्ट्रपतिमाथिको छानबिनलाई निरन्तरता दिने बताएको छ । एपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: