धनुषा। मुख्यमन्त्री लालबाबु राउतले गोरखापत्रलाई समयसापेक्ष बनाउन सुझाव दिएका छन् । गोरखापत्र संस्थानले आजदेखि जनकपुरमा शुरु गरेको दुई दिवसीय प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले आजको प्रतिष्पर्धी युगमा गोरखापत्र संस्थानले पुरानो ढर्रा नत्यागे इतिहासमा सीमित हुनेतर्फ सचेत गराए ।
अनुभव र ऊर्जाले भरिपूर्ण गोरखापत्र अहिले ठेक्कापट्टा र पदपूर्तिसम्बन्धि विज्ञानको पयार्य बन्न लागेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले आम पाठकका लागि समयमै समाचार पुर्याउने प्रतिष्पर्धी माध्यम बन्नुपर्नेमा जोड दिए । निजी क्षेत्रका पत्रिकासँग प्रतिष्पर्धा गर्न गोरखापत्रको वितरण प्रणालीलाई चुस्त दुरुस्त र छरितो बनाउन सुझाव दिदै उनले अबको प्राविधिक युगमा प्रविधिमैत्री बनाउनु पर्ने उल्लेख गरे ।
उद्घाटन सत्रमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले गोरखापत्रसँग रहेको ऊर्जा र अनुभवलाई पत्रिकामा भरपुर उपयोग गर्न सुझाव दिए । उनले प्रदेश सरकार केन्द्रभन्दा एक कदम अगाडि बढेर प्रेस स्वतन्त्रता दिने पक्षमा रहेको उल्लेख गर्दै प्रदेश सरकारले ल्याउन लागेको सञ्चारसम्बन्धी विधेयकमा कुनै समस्या देखिए सञ्चारकर्मीसँग खुल्ला छलफल गर्न तयार रहेको बताए ।
गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, प्रशिक्षक शरदचन्द्र बस्ती, प्रधानसम्पादक श्रीओम श्रेष्ठलगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए । दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नं २ अन्तर्गतका आठवटै जिल्लाका संवाददाताको उपस्थिति छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: