हुम्ला। जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ ।
अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ ।
सर्केगाड गाउँपालिका रिपस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा यहाँको बिरामीलाई उपचारका लागि बोकेर एक दिन पैदल हिँडेर जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने समस्या छ ।
यस्तै जिल्लाको खार्पुनाथ गाउँपालिका–३ का नागरिक सामान्य झाडापखाला र टाउको दुख्ने बिरामी हँुदा पनि रायाँ स्वास्थ्यचौकीमा उपचार नहुँदा बिरामी बोकेर नै जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता छ । त्यहाँका नागरिक बिरामी हुँदा उपचारका लागि नजिकैमा रहेको रायाँ स्वास्थ्यचौकीमा पुग्दा औषधि दिने मान्छे कोही नभएको स्थानीयवासी मानबहादुर परियारले गुनासो गरे ।
परियारका अनुसार आफ्ना बुबा दमका रोगी भएको र आमालाई घुँडा, गोडा दुख्ने रोगले सताएकाले उनीहरुका लागि आवश्यक पर्ने औषधि र सुई सिमकोटस्थित फार्मेसीबाट खरिद गरेर लगेको तर सुई लगाउने स्वास्थ्यकर्मी पनि रायाँ स्वास्थ्यचौकीमा नपाएको गुनासो गरे ।
रायाँ स्वास्थ्यचौकीमा चेकजाँच गर्ने र औषधि दिने कोही नभएपछि जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् ।
स्वास्थ्यचौकीमा सिटामोल भएता पनि सिटामोल दिने मान्छे नभएको दुखेसो परियारले गर्नुभयो । अहिले त्यहाँका नागरिक बिरामी हुँदा जिल्ला अस्पताल सिमकोटमा नै धाउनुपर्ने बाध्यता छ । रायाँ स्वास्थ्यचौकीमा चार जनाको दरबन्दी छ । एक जना हेल्थ असिस्टेन्ट, एक अहेब र दुईजना अनमी गरी चारजनाको दरबन्दी भए पनि स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचार बिनानै फर्कनुपर्ने अवस्था छ । स्वास्थ्यकर्मी नभएपछि सरसफाइ स्वच्छता प्रवद्र्धनका कर्मचारी जरम शाहीले किडबक्सबाट दिएको पारा सिटामोल र मेट्रो औषधि लिएर त्यहाँका बिरामी घर फर्किने गरेका छन् ।
कार्यालय प्रमुख भगवती श्रेष्ठ र अनमी लोकमाया ओली घर बिदामा गएको छ भने अर्का अनमी कविता बुढा तालीमकै सिलसिलामा सुर्खेतमा रहेकी छिन् । स्वास्थ्यचौकीका अहेब ओमप्रकाश कुसुहा होली मनाएर औषधि लिएर आउने भन्दै सदरमुकाम सिमकोट झरेकाले अझै नफर्किएको स्थानीयवासीको भनाइ छ ।
अहिले स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा औषधि भए पनि सेवाग्राहीले सेवा पाउन नसकेको वडाध्यक्ष गुमन रावलको भनाइ छ । यस्तै, सिमकोट गाउँपालिका–७ स्थित धारापोरी स्वास्थ्यचौकीमा महिला स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलालाई उपचार गराउन समस्या भएको स्थानीयवासी विनोद विकले बताए । ती स्वास्थ्यचौकीमा दुई जना अनमीको दरबन्दी रहेता पनि तालीम भन्दै नेपालगञ्ज सुर्खेत झरेकाले समस्या भएको गाउँ कार्यपालिकाका सदस्यसमेत रहेका विकले बताए ।
महिला स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्योपचारका लागि गर्भवतीले एक दिन पैदल हिँडेर भएपनि जिल्ला अस्पताल पुग्ने गर्छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: