Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

भरतपुरमा मात्रै सत्र अर्ब राजश्व सङ्कलन

चितवन। आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु १७ अर्ब ५६ करोड १४ लाख ९९ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले साउनयता फागुन मसान्तसम्म लक्ष्यको १०३ दशमलव ३७ प्रतिशत राजश्व सङ्कलन गरेको हो ।

कार्यालयका सुचना अधिकारी धनेश्वर अर्यालका अनुसार सबैभन्दा बढी अन्तःशुल्कमा रु १५ अर्ब ५२ करोड ६० लाख १३ हजार उठेको छ । त्यसैगरी आयकरमा रु ९९ करोड ९७ लाख १० हजार, मूल्य अभिवृद्धि करमा रु ८७ करोड ४९ लाख ५४ हजार, ब्याज करमा रु आठ करोड तीन लाख १० हजार, बहाल करमा रु चार करोड १३ लाख १७ हजार, स्वास्थ्य सेवा करमा रु दुई करोड ७१ लाख ५० हजार र शिक्षा सेवा करमा रु एक करोड २० लाख ४४ हजार राजश्व सङ्कलन भएको छ ।

आर्थिक ऐनले छुट र स्थानीय तहमा अधिकार हस्तान्तरण गरेपछि बहालकर, स्वास्थ्य र शिक्षा सेवा कर अघिल्लो आर्थिक वर्षको बाँकी बक्यौता मात्र उठेको उनले बताए । कार्यालय प्रमुख शुभप्रसाद रिजालका अनुसार चालू आवको मसान्तसम्मका लागि रु ३० अर्ब एक करोड ३६ लाख ५३ हजारको राजश्व उठाउने लक्ष्य तोकिएको छ ।

गत आवमा कार्यालयले रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व सङ्कलन गरेको थियो । हरेक वर्ष राजश्व बढ्दो छ । कार्यालयले चितवन जिल्ला र पूर्वी नवलपरासी हेर्दै आएको छ । कार्यालयमा आयकरतर्फ ५१ हजार ९८८ र मूल्य अभिवृद्धि करमा आठ हजार ४३५ करदाता रहेका छन् ।

यस्तै अन्तःशुल्क करमा दर्ता भएका पाँच हजार ८० करदाता रहेका छन् । प्रमुख रिजालले कर्मचारी, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ एवं करदाताको सक्रिय सहभागिताका कारण वर्षेनी कर बढ्दै गएको बताए । कार्यालयले विभिन्न विधिबाट गोप्यरूपमा अनुगमनसमेत गरी कर छली गर्नेलाई कारवाहीसमेत गर्दै आएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy