Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

समृद्धि ढिला हुने भएकाले विदेशी पूँजी भित्र्याउन बाध्य: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताएका छन् । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताए ।

उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला, २०१९’ को आज यहाँ उद्घाटन गर्दै उनले शान्ति सुव्यवस्था, सुशासनमार्फत विकासका गतिलाई तीव्रताका साथ अघि बढाइने बताए ।

नेपाल विकासका लागि प्रचुर सम्भावनायुक्त मुलुक भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, \'नेपाल प्राकृतिक स्रोत र खनिजले युक्त छ, अत्यन्त उर्वर भूमि र प्रकृति छ, विकासका लागि क्रियाशील युवा जनशक्ति छ, उपलब्ध स्रोत साधन र क्षमताको प्रयोगबाटै मुलुकको विकास गरिन्छ ।\'

सरकारले मुलुकको विकासका लागि स्वदेशी लगानीलाई बढीभन्दा बढी प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, \'देशभित्रको लगानी, साधनस्रोतको परिचालन र प्रविधिको प्रयोग तथा जनशक्तिको सदुपयोग गर्न सरकार गम्भीर छ । सकेसम्म हामी आफैँ सबल हुने साधन, स्रोत र सामथ्र्यको प्रयोग गर्ने हो । स्वदेशी पूँजी र प्रविधिको प्रयोगबाट समृद्धि ढिला हुने भएकाले विदेशी पूँजी र प्रविधि भित्र्याउनु परेको हो ।\'

उनले ‘सुखी नेपाली र समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आन्तरिक पूँजी र प्रविधिको न्यूनता खड्किएकाले विदेशी पूँजी र प्रविधिको प्रयोग गरेर नेपालको विकासमा सरकार अघि बढेको बताए ।

बाह्य लगानीलाई आकर्षित र सुरक्षित गर्ने वातावरण सिर्जना गरी लगानीका लागि नेपाल उपयुक्त मुलुक हो भन्ने प्रमाणित गराउन सरकार क्रियाशील रहेको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्ताको लगानी प्रतिफलदायी, सुरक्षित, पूँजी र प्रतिफल आफ्नो देशमा लैजान सक्ने हेतुले कानूनी, प्राविधिक, व्यावहारिक वा प्रशासनिक व्यवधान सरलीकरण गरिएको बताए ।

उनले भने, \'विदेशी लगानीकर्ता आकर्षित गर्न कानून परिवर्तन गरेका छौँ, अनुकूल वातावरण निर्माण गरेका छौँ । लगानीकर्तालाई कुनै असुविधा नहोस् भनेर एकल सेवा बिन्दु (वान स्टेप सेन्टर) स्थापना गरेका छौँ । दोहोरो कर प्रणाली अन्त्य गर्न विभिन्न देशसँग समझदारी गरिएको छ ।\'

विगत अब इतिहास भइसकेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले विकासको नयाँ दृष्टिकोण अघि सारेको बताउनुभयो । \'विगतका समस्या अब इतिहासका कुरा भए, ती आजका विषय होइनन् हिजोका विषय हुन्, हिजोका विषयमा अल्झिरहनुको कुनै अर्थ छैन । अब हामी अगाडि बढ्छौँ । अगाडि बढ्नका लागि आवश्यक पूर्वाधार, पूर्वशर्त सबै पूरा गर्छौ\' उनले भने ।

सरकार निजी क्षेत्रसँग सहकार्य गर्र्दै निजी र सहकारी क्षेत्रलाई सँगै लिएर हिँड्न चाहेको प्रस्ट पार्दै प्रधानमन्त्रीले सरकार एकाधिकार र एकलौटी गर्ने पक्षमा छैन भने ।

निजीकरणको नाउँमा सार्वजनिक सम्पत्ति बेचेर खाने विगतलाई स्मरण गर्दै उनले भने, \'अहिले बेचेर खाने जमाना होइन्, उद्यमशीलताको अवस्था हो । निजी क्षेत्रलाई उद्योगको स्थापना गरी त्यसबाट पारस्परिक लाभ ग्रहण गर्नु अहिलेको आवश्यकता हो । औद्योगिक वातावरण निर्माण गर्न सरकाले कुनै कसर बाँकी राख्दैन ।\'

उनले अन्तर्राष्ट्रिय लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरिएको यस मेलाले व्यापारिक समुदायका बीच अनुभव आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, \'मेलाले नेपाली व्यवसायी र विदेशी व्यवसायीका बीचमा उत्पादनका बारेमा जानकारी दिनेछ, पारस्परिक मित्रता, सामीप्यता साटासाट गर्न सहयोग मिल्नेछ ।\'

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निजी क्षेत्रको सहभागिताबिना मुलुकको विकास सम्भव नभएको उल्लेख गर्दै सरकार र निजी क्षेत्रका व्यवसायी बीचको एकता अहिलेको आवश्यकता भएको बताए । उनले अन्तर्राष्ट्रिय व्यापार मेलाले शुक्रबारदेखि शुरु हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई सफल बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले वैदेशिक लगानी भित्र्याउन लागेको स्पष्ट पार्दै मन्त्री यादवले अब स्वदेशी लगानीकर्ताले पनि आफूलाई पूँजी र प्रविधिमा दरिलो बनाउनुपर्ने बताए । सरकारले लगानीको सुनिश्चितता, प्रतिफल लैजाने कानूनी व्यवस्था गरेको जानकारी दिँदै उनले विदेशी लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न आग्रह गरे ।

महासङ्घका अध्यक्ष भवानी राणाले नेपालको व्यापार घाटा न्यूनीकरण गर्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्नुको विकल्प नभएको जिकीर गर्दै स्वदेशी उत्पादनलाई विश्व बजारमा स्थापित गर्न मेला उपयुक्त अवसर भएको बताउनुभयो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE