Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सुपर ओभरमा दिल्लीको दोस्रो जित

एजेन्सी । नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दोस्रो जित हात पारेको छ । शनिबार राति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई सुपर ओभरमा हरायो ।

दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा कोलकत्ताले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धाीरत २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८५ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा दिल्लीले एक विकेट गुमाएर १० रन जोड्दै कोलकत्तालाई ११ रनको लक्ष्य दिएको थियो । दिल्लीका ऋषब पन्तले ६ रन बनाए । जवाफमा कोलकत्ताले एक विकेटको क्षतिमा ६ रन मात्र बनाउन सक्यो । कोलकत्ताका आन्द्रे रसेलले चार रन बनाएका थिए ।

सुपर ओभरमा जानुअघि दिल्लीका युवा ब्याट्सम्यान पृथ्वी शले अर्धशतकीय इनिङ खेलेका थिए । सतक बनाउन मात्र एक रनले चुकेका पृथ्वीले ५५ बलमा ९९ रन जोडेका थिए । कप्तान श्रेयस आयरले ४३ र शिखर धवनले १६ रन बनाउ । बलिङमा कोलकत्ताका कुलदीप यादबले दुई विकेट लिए । लोक्की फेर्गुसन, आन्द्रे रसेल र पियुस चावलाले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा आड विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो । कोलकत्ताका लागि आन्द्रे रसेल र कप्तान दिनेश कार्तिकले अर्धसतकीय इनिङ खेले । रसेलले ६२ र दिनेशले ५० रन बनाए । क्रिस ल्यानले २०, पियुस चावलाले अविजित १२, रोबिन उथप्पाले ११ र कुलदीप यादबले अविजित १० रन बनाएका थिए । बलिङमा दिल्लीका हर्सल पटेलले दुई विकेट झारे । नेपालका सन्दीप लामिछाने, अमित मिश्रा, कागिसो राबडा र क्रिस मोरिसले एक एक विकेट लिएका थिए ।

नेपालका सन्दीपले कोलकत्ताविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २९ रन खर्चिएर एक विकेट लिएका थिए । यस खेलको प्रदर्शनले सन्दीप आगामी खेलमा पनि टोलीका अट्ने सम्भावना बढेको छ । जितसँगै दिल्लीले तीन खेलबाट चार अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा रहेको छ । पहिलो हार खेपेको कोलकत्ता चार अंक सहित लिगको शीर्ष स्थानमा छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending