काठमाडौं । दुई दिनसम्म चलेको लगानी सम्मेलन २०१९ मा १७ वटा परियोजनाका लागि लगानीकर्ताले आवेदन दिएको लगानी बोर्डले जनाएको छ । सम्मेलनका ७७ वटा परियोजना प्रस्तुत गरिएको थियो । लगानीकर्ताले आगामी २० अप्रिलसम्म आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।
दुई दिनसम्म चलेको लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले यातायातका ७, कृषिका ३, लजिस्टिकका १, शिक्षाका २ र ऊर्जाका ४ परियोजनामा लगानीका लागि आवेदन दिएका हुन् । यी परियोजनाको कुल लगानी १२ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ ।
सम्मेलनमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं बाहिरी चक्रपथ, काठमाडौं मेट्रो र बस र्यापिड ट्रान्जिट (बिआरटी) लगायतका परियोजनामा लगानीकर्ताको विशेष चाँसो देखिएको थियो । त्यस्तै, पश्चिम सेती, तमोर, एकीकृत कृषि परियोजना, धुलिखेल मेडिसिटी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायत परियोजनामा पनि आवेदन परेको छ । सरकारले सूचीकृत नगरेका परियोजनामा समेत लगानीका लागि आवेदन आएको छ । विदेशी लगानीकर्ताले पाँच सय ५० मेगावाटको सोलार र लजिस्टिक ब्लक टर्मिनलमा लगानीका लागि आवेदन आएको हो ।
कुन–कुन परियोजनामा आवेदन परेको छ ?
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं बाहिरी चक्रपथ
काठमाडौं मेट्रो रेल
बस र्यापिड ट्रान्जिट (बिआरटी), काठमाडौं
तमोर जलाशय परियोजना
पश्चिम सेती जलविद्युत् आयोजना
एकीकृत कृषि परियोजना, उर्लाबारी
एकीकृत कृषि परियोजना, बनेपा र चितवन
एकीकृत कृषि परियोजना, हेम्जा पोखरा
धुलिखेल मेडिसिटी
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
५५० मेगावाट सोलार
लजस्टिक बल्क टर्मिनल
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: