काठमाडौँ । सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका २० छात्रछात्रालाई जनक खड्का छात्रवृत्ति कोषले सहयोग गरेको छ । गोकर्णेश्वर नगरपालिका–२ मा रहेको बालसुधार माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका जेहेन्दार छात्रछात्रालाई छात्रवृत्तिस्वरुप आज सहयोग हस्तान्तरण गरिएको हो ।
विद्यालयमा मजदूरका छोराछोरी मात्र अध्ययन गरिरहेका प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिए । आर्थिक अवस्थाका कारण बेलुकी खानाखान नपाएका विद्यार्थी बिहान पनि भोकै विद्यालय आएर पहिलो घण्टीमै ढलेपछि सहयोगीलाई छात्रवृत्तिका लागि आह्वान गरिएकामा कोषले सहयोग गरेको उनले जानकारी दिए ।
निम्न आयभएका विद्यार्थी भोकभोकै विद्यालय आउँदा पहिलो घण्टीमै ढले, कारण खोज्दै जाँदा बेलुकी आमाले भात नपकाएको र बिहान आमा मजदूरी गर्न हिँडिसकेकाले भोकै विद्यालय आएका विद्यार्थी ढलेको थाहा भयो, शिक्षकहरुले चन्दा उठाएर चमेनागृहमा खाना खुवायौँ, यस्तो वर्गका विद्यार्थीलाई सहयोग आह्वान गरिएको हो”, उनले भने ।
कोषले विपन्न वर्गका जेहेन्दार २० छात्रछात्रालाई रु दुई हजारदेखि रु दुई हजार ५०० सम्म वितरण गरेको छ । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई कापी, कलम, सिसाकलम, कलरलगायत शैक्षिक सामग्री बाँडिएको थियो । विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुहुँदै नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विपन्न वर्गलाई शिक्षामा विशेष सहयोग गर्ने गरी नगरपालिकाले नीति निर्माण गर्ने प्रतिबद्धता जनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज चालिसेले न्यून आय भएका विद्यार्थीका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने माग गर्नुभएको थिए । विद्यालयमा हाल ४५० विद्यार्थी अध्ययनरत छन् । सम्पन्न वर्गका स्थानीयवासीले आफ्ना बालबालिका संस्थागत विद्यालयमा पढाउँदा डेरा गरेर मजदूरी गर्नेका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।
यस्ता विद्यार्थी बाहिरबाट आउने भएकाले स्थानीयवासीबाट सामुदायिक विद्यालयलाई आर्थिक, भौतिक, नैतिकलगायत सहयोग पनि नमिल्ने गरेको शिक्षकहरुको गुनासो छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: