Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

दर्दनाक म्यासेज लेखेर आत्महत्या गरे श्रीमती र छोराछोरीले, के थियो म्यासेज ?

चितवन । भरतपुरमा एउटै परिवारका तीनै जनाले एकै साथ झुण्डिएर आत्माहत्या गरेको घटनाको कारण खुलेको छ । शुक्रवार बिहान भरतपुर नगरपालिका–१८, शशिनगरस्थित ३५ वर्षीया आमा माया आलेमगर, उनका १५ वर्षीया छोरी विनिता आलेमगर र १३ वर्षीय छोरा विवेश आलेमगरले आफ्नै घरको एउटै कोठा, एउटै बलोमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेका थिए ।

‘बाबा घर आउनुस न, किन आउनु हुन्न् ? किन यसरी हामीलाई दुख दिनुहुन्छ ? छोराछोरीले यस्तो सुसाईट नोट लेखेर बाबाप्रति विलौना गरेका छन्, ’ सुनाउँदै जिल्ला प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले भने ।

उनले थपे– ‘उनकी आमाले श्रीमानलाई लेखेको म्यासेज सेन्ट गर्न नपाई ज्यान गएको देखिन्छ’ राठौरले भने– ‘ श्रीमानले सुख–दुःख नहेर्ने र शंका मात्रै गर्ने गरेको पीडा सहन नसकेर श्रीमती र उनका दुई सन्तानले समेत एकैसाथ आत्महत्या गरेको देखिन्छ ।’
प्रहरीको प्रारिम्भक अनुसन्धानअनुसार काठमाडौंको स्वयम्भुस्थित नेपाली सेना, असभावखाना ब्यारेकका प्युठ दर्जाका नरबहादुर आलेमगरले श्रीमती र छोराछोरीप्रति गरेको बेवास्ताकारण एकैसाथ उनका श्रीमती र छोराछोरीले आत्मादहन गरेका हुन् ।

एसपी राठौर थप्छन्– ‘उनी २–३ दिनअघि काठमाडौंबाट बिदामा हिँडेका मान्छे, श्रीमती र छोराछोरी रहेको घर भरतपुर नआई आफ्नो पुख्र्यौली घर तनहुँको घुमाउने गएर बसेका रहेछन् ।’ आठ बर्ष अघिदेखि भरतपुरमा श्रीमती र छोराछोरी राखेर सेनाको जागिर खाँदै आएका श्रीमानलाई मायाले अन्तिम विलौना गर्दै भनेकी थिइन्– ‘तपाईले हाम्रो दुःख–सुःख कहिल्यै बुझ्नु र सुन्नुभएन । अब हामी सँधैका लागि तपाईबाट विदा भएर जाँदैछौं ।’

तपाईलाई राम्रो होस्, तपाईको उन्नती–प्रगति होस् भन्ने यस्तै–यस्तै म्यासेज मोवाईलमा लेखेकी रहिछन् तर सेन्ट हुन नपाई उनको ज्यान गएको पाईयो’–एसपी राठौरले भने । उनका अनुसार टिनको छानामुनी घरको एउटै कोठा, एउटै पलङ्गको विस्तरामाथि एउटै बलोमा सलको पासो लगाई तीनै जनाले एकै साथ आत्महत्या गरेका थिए ।

श्रीमतीप्रति अनेक शंका र लान्छना लगाउने गरेको र छोराछोरीको पठनपाठन र हेरचाहमा वेवास्ता गर्ने गरेको सुसाईट नोट र श्रीमतीको म्यासेजले देखाएको राठौरले बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy