म्याग्दी । मिस्त्री खोला मा जलविद्युत् आयोजना बनेपछि स्थानीयले माछा र अन्य जलचर हराउन थालेको गुनासो गरेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै बग्ने खोलामा पानीको सतह घटेपछि असला माछासहित पाहा जस्ता जलचरसमेत पाइन छाडेको स्थानीय बताउँछन् ।
स्थानीय अविन चोचाङ्गीका अनुसार पहिले मिस्त्री खोलामा प्रशस्त माछा पाइन्थ्यो । तर जलविद्युत् आयोजनाले खोलाको पानी सुरुङमार्फत विद्युत्गृहमा लैजान थालेपछि खोलाको प्राकृतिक स्वरूप नै बदलिएको छ । “पहिले खोलाभरि माछा देखिन्थ्यो, अहिले पानी नै घटेपछि जलचर हराए,” उनले भने ।
वि.सं. २०७७ मा ४२ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालनमा आएपछि हिउँद याममा खोलामा न्यून मात्र पानी बग्ने गरेको छ । विशेषगरी दोभिल्लादेखि कालीगण्डकी दोभानसम्मको क्षेत्रमा पानीको मात्रा घट्दा माछा मारेर जीविकोपार्जन गर्ने स्थानीयहरू वैकल्पिक पेसातर्फ धकेलिएका छन् ।
पहिले बाँसबोट, नारच्याङ र पटार टोलका धेरै परिवार माछा मारेरै गुजारा चलाउँथे । अहिले भने उनीहरू ज्याला मजदुरी र खेतीपातीमा निर्भर हुन बाध्य छन् ।
भुरुङ तातोपानी का होटल व्यवसायी अमृतमान शेरचनका अनुसार मिस्त्री खोलाको असला माछा पर्यटकबीच निकै लोकप्रिय थियो । स्थानीय उत्पादनले माग धान्न नसक्ने अवस्था अहिले उल्टिएर माछा नै बाहिरबाट ल्याउनुपर्ने स्थिति बनेको उनले बताए ।
स्थानीय बजारमा असला माछाको मूल्य प्रतिकिलो १५ सयदेखि १७ सय रुपैयाँसम्म पुग्ने गरेको छ । तर अहिले स्थानीय माछा दुर्लभ बन्दै गएको छ ।
वडा अध्यक्ष लोकबहादुर फगामीले जलविद्युत् आयोजनाले गाउँमा सडक, पूर्वाधार र रोजगारीको अवसर ल्याए पनि वातावरणीय असर गम्भीर देखिन थालेको स्वीकार गरे । उनका अनुसार माछा हराउनु, पानीका मुहान सुक्नु र वन्यजन्तु विस्थापित हुनु अहिलेका मुख्य समस्या बनेका छन् ।
नियमअनुसार आयोजनाले खोलामा न्यूनतम १० प्रतिशत पानी छाड्नुपर्ने भए पनि त्यसले प्राकृतिक प्रणाली जोगाउन पर्याप्त नभएको स्थानीयको गुनासो छ ।
नारच्याङ अहिले “ऊर्जा गाउँ”का रूपमा चिनिन्छ । यहाँ ठूला–साना गरी दर्जनभन्दा बढी जलविद्युत् आयोजना सञ्चालनमा छन् भने केही निर्माणाधीन र केही अध्ययन चरणमा रहेका छन् । तर विकाससँगै स्थानीयले नदी, माछा र प्रकृतिको मूल्य चुकाउन थालेको गुनासो बढ्दै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८३ - ०७:४७
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ढुम्बाताल, घरपझोङ रिङरोड र आसपासका क्षेत्र ।...
जेष्ठ ९ गते, २०८३ - ०७:४२
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शुक्रबार सुरु भएको बैठकमा पाँच उपाध्यक्षले पार्टीको अवस्था र निर्व...
जेष्ठ ९ गते, २०८३ - ०७:३७
रुपन्देही । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता मा...
जेष्ठ ९ गते, २०८३ - ०७:३५
म्याग्दी । मिस्त्री खोला मा जलविद्युत् आयोजना बनेपछि स्थानीयले माछा र अन्य जलचर हराउन थालेको गुनासो गरेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै ...
जेष्ठ ९ गते, २०८३ - ०७:३०
काठमाडौं । नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना...
जेष्ठ ८ गते, २०८३ - २१:४७
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका गतिविधिविरुद्ध आन्दोलनको आवश्यकता बढ्दै गएको बताएका छन् । उनल...
जेष्ठ ८ गते, २०८३ - २१:४०
काठमाडौं । सरकारी कर्मचारीको तलब संरचनामा ठूलो परिवर्तन गर्ने तयारी अघि बढेको छ । तलब भत्ता पुनरावलोकन समितिले आधारभूत तलबदेखि उच्च तहका अधिकारीसम्मको...
जेष्ठ ८ गते, २०८३ - २१:२४
काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा चर्चामा रहेको सहकारी ठगी र सम्पत्ति शुद्धीकरण प्रकरण फेरि न्यायिक र राजनीतिक बहसको केन्द्रमा पुगेको छ । एउटै प्रक...
जेष्ठ ८ गते, २०८३ - १९:५५
काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा नेतृत्वबारे गम्भीर मतभेद देखिएपछि आजको बैठक तनावपूर्ण बनेर स्थगित भएको छ । बैठकमा सहभागी उपाध्यक्षहरूले पार्ट...
जेष्ठ ८ गते, २०८३ - १९:५३
काठमाडौं । रातो मच्छिन्द्रनाथ जात्रा मा प्रयोग हुने रथको एक ऐतिहासिक ‘पाता’ हराएको घटना सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ । जिल्ला प्रहरी...



प्रतिकृया लेख्नुहोस्: