Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । धनुषा, कास्की, सर्लाही, चितवन र पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।धनुषाको धनुषाधाम नगरपालिका ८ स्थित सडकमा ना.१ ज ५९३९ नम्बरको टाटासुमो शुक्रबार दिउसो अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा गम्भीर घाइते भएका सुमोमा सवार सिराहा गोलबजार–५ बस्ने निशेषकृष्ण गौतमकी १० वर्षीया छोरी श्रेया गौतमलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै घाइते भएका सुमो चालकको ग्राण्डी अस्पताल धनुषामा र अन्य ४ जनाको चारनाथ अस्पताल वीरेन्द्र बजारमा उपचार भइरहेको छ । कास्कीको पोखरा महानगरपालिका–३२ लामे आहालस्थित सडकमा ग.१ त ४९९३ नम्बरको ट्याक्टरबाट शुक्रबार साँझ लडेर गम्भीर घाइते भएकी ट्याक्टरमा सवार सोही स्थान बस्ने ४२ वर्षीया टिकामाया गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सर्लाहीको बरहथवा नगरपालिका–१० बहरैया टोलस्थित सडकमा को।२ च २१० नम्बरको स्कारपियोको ठक्करबार सोही स्थान बस्ने ७० वर्षीय महन्त रामको शुक्रबार राति मृत्यु भएको छ । स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि एडभान्स सन्जिबनी अस्पताल बरहथवा हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरेहको छ । यसैगरी चितवनको भरतपुर महानगरपालिका–१० स्थित सडकमा ना.६ ख ६५८६ नम्बर ट्रकले ना.६३ प ८२६ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक भरतपुर महानगरपालिका–१८ शशिनगर बस्ने ३२ वर्षीय मेघलाल तामाङको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै पर्साको बहुदरमाई नगरपालिका–२ बैरियास्थित भित्री सडकमा अनटेष्ट लेखिएको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सिसियारी बस्ने २३ वर्षीय पप्पु ओझाको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy